न्युजिल्याण्ड सेमिफाइनलमा : पाकिस्तान पनि बाहिरियो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

न्युजिल्याण्ड सेमिफाइनलमा : पाकिस्तान पनि बाहिरियो



एजेन्सी । न्युजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । लिग चरणको खेलमा पाकिस्तानले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्न नसक्ने भएपछि न्युजिल्याण्ड विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको हो ।

पाकिस्तान सेमिफाइनलको झिनो गणितिय सम्भावना सहित शुक्रबार बंगलादेशविरुद्व उत्रिएको थियो । उसले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।

यस अवस्थामा पाकिस्तानलाई सेमिफाइनल पुग्न ३ सय ८ रनको जित आवश्यक थियो । तर पाकिस्तानले फराकिलो अन्तरको जित निकाल्न नसक्ने भएपछि न्युजिल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

योसंगै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको छ । साविक विजेता अष्ट्रेलिया सहित भारत, ईङल्याण्ड र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।

शीर्ष स्थानको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ । समान खेलबाट भारतले १३ अंक जोडेको छ ।

तर लिग चरणका सबै खेल सकेको ईङल्याण्डले १२ र न्युजिल्याण्डले ११ अंक जोड्न सफल रहे ।