बाबर आजमले बनाए नयाँ कीर्तिमान - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

बाबर आजमले बनाए नयाँ कीर्तिमान



काठमाडौं । जारी विश्वकप क्रिकेटमा विभिन्न किर्तिमानहरू बनेका छन् । यस्तैमा पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले पनि नयाँ कीर्तिमान बनाएका छन् ।

आजमले एउटै विश्वकपमा सर्वाधिक रन बनाएका छन् । उनि सर्वाधिक रन बनाउने पाकिस्तानी खेलाडी बनेका हुन् । जारी विश्वकपका आठ इनिङमा बाबरले ४ सय ७४ रन बनाएका हुन् । यसअघि १९९२ को विश्वकपमा पाकिस्तानका जाभेद मियानदादले ९ इनिङमा ४ सय ३७ रन बनाएका थिए ।

सेमिफाइनल पुग्न कठीन देखिए पनि बाबरले बंगलादेशविरुद्ध तेस्रो क्रममा ब्याटिङ गर्दै ९८ बलमा ९६ रन बनाए । लयमा देखिएका उनी ३२ औँ ओभरमा बंगलादेशका मोहम्मद सैफुदिनको बलमा एलबीडब्लू आउट भएका हुन् ।

पाकिस्तानका लागि पछिल्लो विश्वकपमा मिस्बा उल हकले केही राम्रो ब्याटिङ देखाए पनि १९९२ मा जाभेदले बनाएको कीर्तिमान तोड्न भने सकेका थिएनन् । उनले २०१५ को विश्वकपमा ७ इनिङमा ३ सय ५० रन बनाएका थिए ।