सेमिफाइनलमा भारतको भिडन्त कुन समुहसँग : कस्तो बन्ला समीकरण ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सेमिफाइनलमा भारतको भिडन्त कुन समुहसँग : कस्तो बन्ला समीकरण ?



हिमालपोस्ट/काठमाडौं – इंग्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा सेमिफाइनलको तस्बिर लगभग अब सफा रूपमा देखिन थालेको छ । चार समूह मध्य ३ समूह सेमिफाइनलका लागि चुनिएपछी चौथो समूह भनेको न्युजिल्यान्ड सँघारमै छ । सेमी फाइनलका लागि सबै भन्दा अहिला क्वालिफाइ हुने अस्ट्रेलिया अहिले पनि अङ्क तालिकाको पहिलो नम्बरमा छ । त्यो पछाडि क्वालिफाइ हुने भारत पनि अङ्कतालिकामा दोस्रो स्थानमा छ ।

यसपछि न्युजिल्याण्डलाई हराएर पुग्ने सेमिफाइनलमा पुगेको इंग्ल्यान्डले पनि टिकट सुनिश्चित गर्‍यो उ १२ अङ्कको साथमा तेस्रो नम्बरमा छ भने ११ अङ्क ल्याएर ल्याउने न्युजिल्यान्ड पनि लगभग सेमिफाइनलमा जाने पक्का छ ।

न्युजिल्याण्डलाई सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न शुक्रवार पाकिस्तान र बङ्गलादेश बिच हुने खेलमा नजर लगाउन जरुरी छ । अहीले पाकिस्तान आठ खेल खेल्दै ९ अङ्क जोडेको छ । यदि पाकिस्तानले बङ्गलादेशलाई हराउने हो भने न्युजिल्यान्डको जस्तै ११ अङ्क नै बन्नेछ ।

तर नेट रनरेटको मामलामा न्युजिल्यान्ड पाकिस्तानभन्दा निकै अगाडी छ । न्युजिल्यान्डको नेट रनरेट +०.१७५ छ जबकि पाकिस्तानको रनरेट -०।७९२ छ यो अवस्थाले यदि पाकिस्तानले अन्तिम चारमा पर्ने हो भने निकै ठुलो अन्तरले खेल जित्नुपर्ने हुन्छ ।

यो मात्र होइन यदि पाकिस्तानलाई पहिले बलिङ गर्नुपर्ने अवस्था आयो भने सेमिफाइनलको सबै सपना त्यहीँ चकनाचुर हुनेछ । यही कारणले न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने लगभग तय नै छ ।

सेमिफाइनलको युद्ध

पहिलो चार समूहको नाम तय भएपछि मात्र यो विश्वकपको खास युद्ध सुरु हुने छ । जहाँ अङ्कतालिकाको शीर्ष समूह एक आपसमा भिड्नेछन् ।

सेमिफाइनलको यो युद्ध यस कारण महत्त्वपूर्ण छ कि यहाँ मात्र एउटा हारले सिधै विश्वकप बाहिर पुर्‍याउनेछ । यही कारणले सेमिफाइनलमा कुन समूह को सँग भिड्छ भन्ने कुरा सबै भन्दा महत्त्वपूर्ण हुनेछ । र रोमान्चक पनि बन्नेछ ।

पहिलो चार समूहमा जुन समूह सबैभन्दा पहिला हुन्छ त्यसको प्रतिस्पर्धा भने सबैभन्दा लास्टमा हुने समूहसँग हुने गर्दछ । दोस्रो नम्बरमा हुने समूहको भने तेस्रो नम्बरसँग खेल हुने गर्दछ ।

अहिले अङ्क तालिकाको अनुसार अस्ट्रेलिया पहिलो र भारत दोस्रो स्थानमा छ जबकि इंग्ल्यान्ड तेस्रो र न्युजिल्यान्ड चौथोमा छन् ।

भारतको सामना को सँग हुनेछ ?

यदि अङ्क तालिकामा शीर्ष चार समूहमध्ये कुनै पनि समूहको बदलाव नभएको खण्डमा भारतले इंग्ल्यान्डको सामना गर्नुपर्ने हुन्छ भने अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्नेछन् । यो समीकरणले भारतलाई फाइनलमा पुग्न भने फलामको च्युरा बराबर हुने छ । किनकि लिग चरणमा भारतलाई हराउने अहिलेसम्मको एक मात्र समूह भनेको इंग्ल्यान्ड नै हो ।

तर यदि भारतले आफ्नो अन्तिम लडाई श्रीलङ्कालाई जित्ने हो र अस्ट्रेलिया दक्षिण अफ्रिकासँग हार्ने हो भने भारतको अङ्क १५ हुनेछ र तालिकाको शिर्षस्थानमा पुग्नेछ । यस्तोमा भारतले न्युजिल्यान्डसँग सेमिफाइनल खेल्नेछ । यो समीकरणले भारतलाई जितका लागि सहज हुनसक्छ । यो भन्दा पहिलेका खेलमा पनि भारतको खेल न्युजिल्यान्डको भन्दा राम्रो देखिएको छ ।

यद्यपि लिग चरणमा भारत र न्युजिल्यान्डको खेल वर्षाको कारण रद्द गर्नुपरेको थियो र यो खेलमा उनीहरूले अङ्क बाँडेका थिए । यस्तोमा दुवै समूह जारी विश्वकपमा पहिलो पल्ट एकले अर्कोको सामना गर्नेछन् ।

विश्वकपको पहिलो सेमिफाइनल खेल ९ जुलाईमा मेनचेस्टरको ओल्ड ट्रेफर्ड मैदानमा दिउसो ३:१५मा खेलिनेछ । एजेन्सीको सहयोगमा