पाकिस्तान आक्रामक बन्ने रणनीति - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पाकिस्तान आक्रामक बन्ने रणनीति



एजेन्सी — इमाम उल–हकले विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना नरहेको खण्डमा पनि पाकिस्तानले बंगलादेशविरुद्ध शुक्रबार हुने आफ्नो अन्तिम लिग खेलमा टिम आक्रामक भएर प्रस्तुत हुने बताएका छन् । पाकिस्तानी टिम कठिन मोडमा रहे पनि खेलाडीमा कुनै प्रकारको दुविधा नभएको उनले दाबी गरे ।

‘हामी सेमिफाइनल पुग्न असफल रहे पनि टिमले सकारात्मक क्रिकेट खेल्नेछ, प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयास गर्नेछ,’ इमामले भने । पाकिस्तानले यसपल्टको विश्वकपका सुरुआती ५ खेलमध्ये एकमात्र जित निकालेर खराब सुरुआत लिएको थियो । तर दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएर पाकिस्तानले बलियो पुनरागमन रचेको थियो ।

इमामले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध सुरुमा बेहोरेको ४१ रनको हार पीडादायी भएको पनि बताए । अहिलेसम्म प्रतियोगितामा एउटै मात्र अर्धशतक बनाएका इमामले आफ्नो खराब लयका कारण पनि दु:ख लागेको थपे ।