सेमिफाइनल पुग्ने २ राष्ट्र को होलान : यस्तो छ गणित - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

सेमिफाइनल पुग्ने २ राष्ट्र को होलान : यस्तो छ गणित



एजेन्सी – इंग्ल्याण्ड र वेल्समा जारी आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत सेमिफाइनल अगाडी धेरै खेल बाँकी छैनन् । अन्तिम चरण पुग्ने लाग्दा अस्ट्रेलिया र भारतले सेमिफाइनल सुरक्षित गरेका छन् ।

आठौँ चरण अगाडी नै अफगानिस्तान, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका रबंगलादेश प्रतियोगिताबाट बाहिरिसकेका छन्। सेमीफाइनलका लागि अब दुई राष्ट्रको कोटा खालि छ र यो दुई राष्ट्र को होलान भन्ने कौतुहलता सर्वत्र छ ।

अब सेमिफाइनलको बाँकी २ स्थानका लागि ३ टिमको सम्भावना रहेको छ। न्युजिल्यान्ड र इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना आफ्नो हातमा छ। पाकिस्तान अन्तिम खेलमा जितेर मात्र पुग्दैन अन्य टिमको नतिजामा पनि भर पर्नु पर्नेछ।

न्युजिल्यान्ड

बुधबार इंग्ल्यान्डलाई हराए न्युजिल्यान्ड १३ अंकसहित सेमिफाइनल पुग्नेछ। इंग्ल्यान्डसँग हारेको अवस्थामा पनि न्युजिल्यान्डको सम्भावना हुनेछ। यसका लागि अन्तिम खेलमा जित हात पारेको पाकिस्तानलाई रनरेटमा पछि पार्नु पर्नेछ।

इंग्ल्यान्ड

बुधबार न्युजिल्यान्डलाई पराजित गरे इंग्ल्यान्ड १२ अंकसहित सेमिफाइल पुग्नेछ। पराजित भएको अवस्थामा पनि इंग्ल्यान्डको सेमिफाइनल सम्भावना हुनेछ। यसका लागि पाकिस्तान पराजित हुनु पर्नेछ।

पाकिस्तान

पाकिस्तानलाई सेमिफाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनु पर्नेछ। यो अवस्थामा बुधबार इंग्ल्यान्ड पराजित भए पाकिस्तान अन्तिम चारमा पुग्नेछ। इंग्ल्यान्डले जित हात पारेको अवस्थामा पनि पाकिस्तानको सम्भावना हुनेछ। त्यसका लागि पाकिस्तानले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गनुका साथै न्युजिल्यान्डले ठूलो अन्तरको हार बेहोर्नु पर्नेछ, अनि न्युजिल्यान्डलाई रनरेटमा पछि पाकिस्तान पारेर सेमिफाइनल पुग्नेछ।