रोहितले चौथो शतकसँगै बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

रोहितले चौथो शतकसँगै बनाए नयाँ किर्तिमान



काठमाडौं – जारी आइसिसी क्रिकेट विश्वकपमा  भारतका ओपनर रोहित शर्माले बंगलादेश विरुद्ध शतक प्रहार गर्दै नयाँ किर्तिमान बनाएका छन्। यससँगै रोहितले विश्वकपमा रेकर्ड बनाएका छन् ।

९० बलमा शतक पूरा गरेका हुन्। शतक प्रहार गर्न उनले ६ चौका र ५ छक्का हिर्काए। उनी १०४ रन जोडेर आउट भए। शतक प्रहार गरेपछिको तेस्रो बलमा आउट हुने क्रममा उनलाई बंगलादेशका सौम्य सरकारले लिन्टन दासबाट क्याच गराए।

रोहितको शतकसँगै भारतले उत्कृष्ट सुरुवात गर्ने क्रममा २९.२ ओरभमा १ विकेट गुमाएर १८० रन जोडेको छ।

यससँगै उनले एकै विश्वकपमा चार शतक प्रहार गर्ने श्रीलंकाका कुमार सांगाकारासँगको रेकर्ड बराबरी गरेका छन्। सांगाकाराले सन् २०१५ विश्वकपमा चार शतक प्रहार गरेका थिए। यद्यपी सांगाकाराले लगातार चार खेलमा शतक प्रहार गरेका थिए।

रोहितले यसअघि दक्षिण अफ्रिकाविरुद्ध १२२, पाकिस्तानविरुद्ध १४० र इंग्ल्यान्डविरुद्ध १०२ रन प्रहार गरेका थिए।

रोहितको विश्वकपमा पाँचौ शतक हो। यसअघि उनले सन् २०१५ मा बंगलादेशविरुद्ध नै शतक हिर्काएका थिए।

यस्तै उनी सौरभ गांगुलीलाई पछि पारेर भारतका लागि विश्वकपका बढी शतक प्रहार गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।

गांगुलले विश्वकपमा शतक प्रहार गरेका थिए। बढी शतकको रेकर्ड भने सचिन तेन्दुलकरको नाममा छ। सचिनले विश्वकपमा ६ शतक हिर्काएका छन्।