भारतले रणनीति बदल्यो : दुई खेलाडि परिवर्तन, ब्याटिङ गर्दै - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतले रणनीति बदल्यो : दुई खेलाडि परिवर्तन, ब्याटिङ गर्दै



इंग्लयान्ड– जारी विश्वकप अन्तर्गत आज भारत र बगलादेशबीच खेल सुरु भएको छ । खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ। र बंगलादेशबिरुद्ध खेलमा रणनीति पनि परिवर्तन गरेको छ ।

भारतले बंगलादेशलाई पराजित गरेर सेमिफाइनल पक्का गर्ने उद्देश्यले टीम अझै बलियो बनाउने कोशिस गरेको छ। ब्याटिङमा खाश नजमिरहेका केदार जाधवको ठाउँमा दिनेश कार्तिक ल्याइएको छ भने बलिङमा कुलदीपको ठाउँमा भुवनेश्वर कुमार ल्याइएको छ। बर्मिंघमको एजबेस्टनमा भारत-बंगलादेशबीच खेल हुँदैछ।

प्लेइङ ११ भारतको टिममा लोकेश राहुल, रोहित शर्मा, विराट कोहली (कप्तान), ऋषभ पंत,  दिनेश कार्तिक, एमएस धोनी (विकेटकीपर), हार्दिक पान्ड्या,  भुवनेश्वर कुमार,  मोहम्मद शमी, युजवेंद्र चहल र जसप्रीत बुमराह छन्।

यसैगरी बंगलादेशको टिममा तमीम इकबाल, सौम्य सरकार, शाकिब अल हसन, मुश्फिकुर रहीम (विकेटकीपर), लिटन दास,  मोसाद्देक हुसैन,  सब्बीर रहमान,  मोहम्मद सैफुद्दीन,  मशरफे मुर्तजा (कप्तान), रुबेल हुसेन, मुस्ताफिजुर रहमान छन्।