श्रीलंका सेमिफाइनलमा जाने सक्ने गणितीय आधार - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

श्रीलंका सेमिफाइनलमा जाने सक्ने गणितीय आधार



इंग्ल्याण्ड र वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा वेष्ट इन्डिजलाई पराजित गर्दै श्रीलंकाले सेमिफाइनलमा स्थान बनाउने गणितीय सम्भावना कामय राखेको छ । श्रीलंकाले २३ रनको जित निकालेको हो ।

३३९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ९ विकेटको क्षतिमा ३१५ रन बनायो । उसका लागि निकोलस पुरनले ११८, फाबिएन एलनले ५१ तथा क्रिस गेलले ३५ रन बनाए पनि हार टार्न सकेनन् । श्रीलंकाका लसिथ मालिंगाले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा ३३८ रन बनाएको थियो । श्रीलंकाका अभिस्का फर्नान्डोले शतक बनाए ।

२१ वर्षीय यी ब्याट्सम्यानको पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय शतक हो । उनले १०४ रन बनाए । कुशल परेराले ६४, कुसल मेन्डिसले ३९ र दिमुथ करुणारत्नेले ३२ रन बनाए । लाहिरु थिरिमानेले ४५ रनमा अविजित रहे ।

जितपछि श्रीलंकाको ८ खेलबाट ८ अंक भएको छ र उ छैटौँ स्थानमा छ ।