किर्तिमान नजिक क्रिस गेल : आजको खेल महत्वपुर्ण - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

किर्तिमान नजिक क्रिस गेल : आजको खेल महत्वपुर्ण



एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (सोमबार) श्रीलंका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम ईङ्ल्याण्डको मैदानमा तेस्रो पटक भिड्दैछन् ।

पछिल्ला दुई भेटमा वेस्ट ईन्डिजले बाजी मारेको थियो । एक खेल रद्व भएको थियो ।

सन् १९७९ मा भएको खेल बर्षाका कारण रद्व भएको थियो । चेस्टर ली स्ट्रीटमा यस विश्वकपको यो दोस्रो खेल हो । पहिलो खेलमा श्रीलंकाले दक्षिण अफ्रिकासंग पराजय भोगेको थियो ।

दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् । अंक तालिकामा श्रीलंका सातौ र वेस्ट ईन्डिज नवौ स्थानमा छन् ।

श्रीलंकाले ७ खेलबाट ६ अंक जोडेको छ । उसले दुई खेलमा जित निकाल्दा तीन खेलमा पराजय भोग्य पर्यो । उसका दुई खेल बर्षाका कारण रद्व भएको थियो ।

यता वेस्ट ईन्डिजले ७ खेलमा मात्र एक खेल जित्यो । उसले ५ खेलमा हार ब्यहोर्यो । एक खेल बर्षाका कारण रद्व भएको थियो ।

श्रीलंकाविरुद्दकाे खेल वेस्ट इन्डिजका क्रिस गेलका लागि महत्वपुर्ण छ ।

वेस्ट ईन्डिजका ओपनर क्रिस गेलले यस विश्वकपका ६ खेलमा २ सय रन बनाएका छन् । उनी टिमका उच्च रनकर्ता हुन् । उनले २४ चौका र १० छक्का प्रहार गरेका थिए ।

मैदान उत्रदै गर्दा गेलको नजर सर्वाधिक रन बनाउने खेलाडी बन्नुमा हुनेछ । उनले २ सय ९५ वान डेमा १० हजार ३ सय ५१ रन बनाएका छन् ।

तर सर्वाधिक रन बनाउने खेलाडीमा ब्रायन लारा अगाडी छन् । उनले २ सय ९९ वान डेमा १० हजार ४ सय ५ रन बनाएका छन् ।

उनको कीर्तिमान तोड्न बेललाई मात्र ५४ रनको आवश्यक छ ।