चर्चामा शमी : बनाए अर्को नयाँ किर्तिमान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

चर्चामा शमी : बनाए अर्को नयाँ किर्तिमान



एजेन्सी – आइतबार भएको खेलमा भारत आयोजक इङ्ल्याण्डसँग ३१ रनले पराजित भयो।

भारतका पराजित भएको यो खेलमा मोहम्मद शमीको बलिङ भने चम्कियो। पछिल्ला खेलहरूमा पनि उनको बलिङ उत्कृष्ट रहेको छ।

हिजोको खेलमा उनले इङ्ल्याण्डको ५ विकेट लिए।

यसअघि उनले वेस्ट इण्डिज र अफगानिस्तानको ४-४ विकेट लिए जसमा अफ्गानिस्तानविरूद्ध त उनले ह्याट्रिक नै गरे।

इङ्ल्याण्ड विरुद्धको खेलमा उनले आफ्नो एक दिवशीय करियरकै उत्कृष्ट बलिङ गरे। यस खेलमा १० ओभर बलिङ गरेका शमीले ५ विकेटका लागि ६९ रन खर्चिए। यसक्रममा उनले एक ओभर मेडनसमेत खेले।

विश्वकप क्रिकेटको कुरा गर्दा विश्वकपमा लगातार ३ खेलमा ४ वा सो भन्दा बढि विकेट लिने उनी दोश्रा बलर हुन्। उनको पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीको कीर्तिमानसँग बराबरी भएको छ।

अफरिदीले सन् २०११ को विश्वकपमा लगातार ३ खेलमा ४-४ विकेट लिएका थिए।

शमीले पनि पछिल्ला विश्वकपमा ७ खेलमा १७ विकेट लिएका थिए। यस विश्वकपमा कुल ३ म्याच खेलेका शमीले १३ विकेट लिइसकेका छन्।

विश्वकपमा उनको विकेट संख्या ३० पुगिसकेको छ। १० खेलबाट उनले ३० विकेट लिएका हुन्।

यसैगरी शमी विश्वकपका अलावा भारतीय खेलाडीका तर्फबाट अन्तराष्ट्रिय खेलमा ३ म्याचमा ४ वा सो भन्दा बढि विकेट लिने दोश्रो भारतीय खेलाडी हुन्।

यसअघि बारतका लेग स्पीनर नरेन्द्र हिरवानीले सन् १९८८ मा लगातार ३ खेलमा ४-४ विकेट लिएका थिए।