विश्वकपमा कोहलीले बनाए अर्को किर्तिमान - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

विश्वकपमा कोहलीले बनाए अर्को किर्तिमान



काठमाडौं । भारतीय कप्तान विराट कोहली एक दिवसीय विश्वकप क्रिकेटमा लगातार पाँच अर्धसतक बनाउने पहिलो कप्तान बनेका छन् ।

इंगल्याण्डमा भइरहेको विश्वकपमा कोहलीले लगातार पाँच अर्धसतक बनाउने कीर्तिमान बनाएका हुन् ।

इंगल्याण्ड विरुद्धको आइतबार रातिको खेलमा कोहलीले ६६ रन बनाए । उनले ओपनिङ ब्याट्सम्यान रोहित शर्मासंग मिलेर दोस्रो विकेटका लागि एक सय ३८ रनको साझेदारी गरेका थिए ।

उनले यसअघि अष्ट्रेलिया विरुद्ध ८२, पाकिस्तान विरुद्ध ७७, अफगानिस्तान विरुद्ध ६७ तथा वेष्ट इन्डिज विरुद्ध ७२ रन बनाएका थिए ।

यसअघि विराट कोहलीसंगै अष्ट्रेलियाका आरोन फिन्च र दक्षिण अफ्रिकाका ग्राहम स्मिथको नाममा लगातार चार अर्धसतकको कीर्तिमान थियो ।