भारतलाई ठुलो लक्ष्य : बेयर्सटोको शतक र शामीको ५ विकेट - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भारतलाई ठुलो लक्ष्य : बेयर्सटोको शतक र शामीको ५ विकेट



एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्डले भारतलाई जितका लागि ३३८ रनको फराकिलो लक्ष्य दिएको छ ।

बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३७ रन बनायो ।

इंग्ल्याण्डको फराकिलो लक्ष्यमा जोनी बेयर्सटोले शतकीय इनिङ्स खेले । बेयर्सटोले १११ रन बनाए ।

यस्तै बेन स्टोक्सले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा जासन रोयले ६६ रनको योगदान दिए । जोय रुटले ४४ रन बनाए ।

भारतका मोहमद शामीले ५ विकेट लिए । यस्तै जस्प्रित बुम्राह र कुलदीप यादवको नाममा एक विकेट रह्यो ।

इंग्ल्याण्डविरुद्व जित हासिल गरेको अवस्थामा भारत सेमिफाईनलमा पुग्ने छ । तर इंग्ल्याण्डको हारले विश्वकपमा उसको अवस्था कठिन मोडमा पुग्नेछ । सेमिफाईनल सम्भावनालाई कायम राख्न इंग्ल्याण्डलाई जितको विकल्प छैन ।

भारत ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईङल्याण्ड ७ खेलबाट ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।