अफगानिस्तान पराजित : पाकिस्तान शिर्षमा - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अफगानिस्तान पराजित : पाकिस्तान शिर्षमा



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा पाकिस्तानले छिमेकी प्रतिद्वन्दी अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको हो ।

इंग्ल्याण्डको लिड्समा अफगानिस्तानले दिएको २२८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९ ओभर ३ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानको जितमा इमाद वासिमले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै बाबर आजमले ४५ रन जोड्दा इमाम उल हकले ३६ रन बनाए ।

त्यस्तै हरिस सोहिलले २७, मोहमद हाफिजले १९, कप्तान सर्फराज अहमेदले १८ तथा वाहब रियाजले अविजित १५ रन बनाए ।

अफगानिस्तानका मोहमद नाबी र मुजिब उर रहमानले समान २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।

अफगानिस्तानका लागि नाजिबउल्ला जड्रान र अस्घर अफगानले समान ४२/४२ रन बनाए । यस्तै रहमत शाहले ३५, इक्राम अलिखिल २४, अविजित समिउल्ला सिन्वारिले १९, मोहमद नाबी १६, कप्तान गुलबदिन नाइब १५ रनको योगदान गरे ।

पाकिस्तानका सहिन शाह अफ्रिदीले ४ विकेट हात पारे । यस्तै वाहब रियाज र इमाद वासिमले समान २/२ विकेट लिए ।

जितसंगै पाकिस्तानले शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

पाकिस्तानले ८ खेलबाट ९ अंक जोडेको छ । र, तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

अफगानिस्तान भने अंक विहिन हुदै तालिकाको पुछारमा छ । अफगानिस्तानको यो आठौं हार हो ।