पाकिस्तानले जित्ने पक्का : पायो सामान्य लक्ष्य - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

पाकिस्तानले जित्ने पक्का : पायो सामान्य लक्ष्य



एजेन्सी । १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई २२८ रनको लक्ष्य दिएको छ । हेडिंगले कार्जी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन पूरा गर्‍यो ।
अफगानिस्तानका लागि अस्घर अफगान र नजिबउल्ला जद्रानले समान ४२–४२ रनको योगदान गरे ।

त्यस्तै रहमत शाह ३५, इकरम अलिखिल २४, शमिउल्लाह सिनवारी १९, मोहम्मद नइब १६ र गुल्बदीन नइब १५ रनको योगदान गरे । बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफरीदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै इमाद वसीम र इमद वशिमले सामन दुई–दुई विकेट लिए । पाकिस्तानका लागि शादाब खानले एक विकेट लिए ।

आजको खेलमा अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान सेमिफाईनलमा स्थान बनाउने बाटोलाई सहज पार्ने योजनामा छ । यता प्रतियोगितामा हालसम्म पनि जित निकाल्न नसकेको अफगानिस्तान आजको खेलमा जित निकाल्ने योजनामा छ । यसअघिका खेलमा पाकिस्तान ७ खेलबाट ७ अंक सहित छैटौं स्थानमा छ । अफगानिस्तान अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।