श्रीलंकाले दक्षिण अफ्रिकालाई जित्न नसके के हुन्छ ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

श्रीलंकाले दक्षिण अफ्रिकालाई जित्न नसके के हुन्छ ?



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ ।

चेस्टरमा हुने खेलमा श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।

दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रदा श्रीलंका जित निकाल्दै सेमिफाइनलको आशा जीवित राख्ने योजनामा हुनेछ । श्रीलंकाको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना रहेको छ ।

श्रीलंकाले ६ खेलमा ६ अंक जोडेको छ । र, श्रीलंका तालिकाको सातौं स्थानमा छ । श्रीलंकालाई शीर्ष ४ मा स्थान रहदै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न यस खेल महत्वपूर्ण रहेको छ ।

विश्वकपको आशा कायम राख्न श्रीलंकालाई जित अत्यावश्यक रहेको छ । दक्षिण अफ्रिकासंग पराजित भए श्रीलंका विश्वकपबाट बाहिरिनेछ ।

दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिसकेको छ । श्रीलंकाविरुद्धको खेल दक्षिण अफ्रिकाका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

दक्षिण अफ्रिकाले ७ खेलबाट ३ अंक जोडेको छ । र, अंक तालिकाको नवौं स्थानमा छ ।

दुईबीचको पछिल्लो पाँच भेटमा भने दक्षिण अफ्रिका बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिकाले पाँचै खेल जितेको छ ।