कोहलीले बनाए नयाँ किर्तिमान : तेन्दुलकर र ब्रायन लारा पछी परे - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

कोहलीले बनाए नयाँ किर्तिमान : तेन्दुलकर र ब्रायन लारा पछी परे



एजेन्सी – इन्डियाका क्रिकेट कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा कम इनिङमा सर्वाधिक २० हजार रन जोड्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

म्यानचेस्टरमा वेस्ट इन्डिजविरुद्ध ३७ रन बनाउँदै विराटले यो उपलब्धि हासिल गरेका हुन् । यससँगै उनले सचिन तेन्दुलकर र वेस्ट इन्डिजका पूर्व कप्तान ब्रायन लाराको रेकर्ड नै तोडेका छन् ।

सचिन र लाराले ४ सय ५७ इनिङमा २० रन पूरा गरेका थिए । कोहलीले जम्मा ४ सय १७ मै २० हजार रन बनाए । विराट २० हजार रन बनाउने १२औं ब्याट्सम्यान पनि हुन् । कोहलीले टेस्टमा १ सय ३१, वान डेमा २ सय २४ र टीट्वान्टी मा ६२ इनिङ खेलिसकेका छन् ।