पोर्चुगिज मिडफिल्डर आन्द्रे गोमेज बेचिए - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पोर्चुगिज मिडफिल्डर आन्द्रे गोमेज बेचिए



एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज मिडफिल्डर आन्द्रे गोमेजलाई बेचेको छ । सन् २०१६ मा भ्यालेन्सियाबाट किनेको गोमेजलाई बार्सिलोनाले २५ मिलियन युरो लिएर एभर्टनलाई दिएको हो ।

बार्सिलोनाले गोमेजलाई एभर्टनमा लोनमा पठाएको थियो । एभर्टनले सोही ‘लोन मुभ’लाई सम्झौतामा परिणत गरेको हो । २५ वर्षीय गोमेजले एभर्टनसँग ५ वर्षको लागि सम्झौता गरेका हुन् ।

सम्झौतपछि गोमेजले भने ‘एभर्टनसँग सम्झौता गर्न पाएकोमा म निकै खुसी छु । मलाई एभर्टनसँग सम्झौताको निर्णय गर्न कठिन भएन । यो निकै सहज निर्णय थियो । म निकै खुसी छु ।’

गोमेजले बार्सिलोनाबाट ७९ खेल खेले भने उनले बार्सिलोनाबाट चार उपाधि पनि जितेका छन् । उनले एक ला लिगा, दुई कोपा डेल रे तथा एक स्पेनिस सुपरकपको उपाधि जितेका थिए ।’