बार्सिलोना फर्केलान त नेईमार ? - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

बार्सिलोना फर्केलान त नेईमार ?



एजेन्सी : ब्राजिलियन स्टार नेइमार स्पेनिस क्लब बार्सिलोना फर्कने चर्चा फेरी चलेको छ । दुई बर्षअघि किर्तिमानी दुई सय २२ मिलियन युरोमा फ्रेन्च क्बल पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका नेइमार पूर्व क्लब बार्सिलोना फर्कन तयार भएको समाचार स्पेनिस सञ्चार माध्यामले खुलासा गरेका छन् ।

नेइमार र बार्सिलोनाबीच पाँच बर्षे अनुबन्धनका लागि मौखिक सहमति भइसकेको बताईएको छ । पीएसजीमा दुई सिजन विताएका नेइमार त्यहाँ खुशी हुन नसकेको समाचार यसअघि पनि बाहिरिएको थियो । पीएसजीमा सोचे जस्तो सफलता नपाएपछि उनी बार्सिलोना फर्किन तयारीमा छन् ।

बार्सिलोनाले पनि नेइमार फर्काउन कसरत गरिरहेको छ । नेइमारलाई फर्काउन बार्सिलोनाले दुई सय मिलियन युरो खर्चन लागेको बताईएको छ । बार्सिलोना फर्कन चाहेका नेइमारसँग बार्सिलोनाले विभिन्न तीन सर्त पनि राखेको छ ।

नेइमार बार्सिलोना आउँदा पीएसजीमा पाईरहेको भन्दा कम तलबमा आउनुपर्ने, नेइमारले यसअघि बार्सिलोनाविरुद्ध दिएको मुद्धा फिर्ता लिनु पर्ने र सार्वजनिक रुपमा आफु पीएसजी छाडेर बार्सिलोना फर्कन चाहेको कुरा ब्यक्त गर्नुपर्ने छ । बार्सिलोना छाडेपछि नेइमारले आफुले पाउनुपर्ने रकम नपाएको भन्दै बार्सिलोनाबिरुद्ध स्पेनको अदालतमा मुद्धा हालेका थिए । पीएसजी छाड्न चाहेका नेइमारले बार्सिलोनासँग गर्ने सम्झौता भने खुलासा हुन बाँकी नै छ ।