वार्नर बने विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

वार्नर बने विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी



एजेन्सी । इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाका डेभिड वार्नरले ५ सय रन पूरा गरेका छन् । मंगलबार राति सम्पन्न खेलमा आयोजक इंग्ल्याण्डविरुद्ध ५३ रन जोडेसँगै वार्नरले ५ सय रन पूरा गरेका हुन् । यससँगै जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी पनि वार्नर नै बनेका छन् ।

ओपनिङ ब्याट्सम्यान वार्नरले यस विश्वकपमा २ शतक तथा तीन अर्धशतक बनाइसकेका छन् । जारी विश्वकपमा उनले सर्वाधिक १६६ रनको स्कोर समेत बनाइसकेका छन् । उनले हालसम्म ४६ चौका र ६ छक्का प्रहार गरेका छन् ।

वार्नरको जारी प्रर्दशनका कारण भारतीय क्रिकेट लिजेण्ड सचिन तेन्दुलकरलको १६ वर्ष पुरानो रेकर्ड खतरामा परेको छ । २००३ को विश्वकपमा सचिनले सर्वाधिक ६७३ रन बनाएका थिए ।