रिकी पोन्टिङ : जसको किर्तिमान कसैले तोड्न सकेन - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

रिकी पोन्टिङ : जसको किर्तिमान कसैले तोड्न सकेन



एजेन्सी – विश्वकप क्रिकेटको इतिहासमा हालसम्म थुप्रै खेलाडीले विभिन्न विधामा कीर्तिमान बनाएका छन्। केही कीर्तिमान लगत्तै अर्को विश्वकपमा तोडिन्छन् भने केही कीर्तिमान लामो समयदेखि एउटै खेलाडीको नाममा रहँदै आएको छ। खेलाडीले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको लामो समय बितिसक्दा पनि थुप्रै कीर्तिमान उनीहरूको नाममा अझै यथावत् छ।

यस्तै एउटा हो, सर्वाधिक क्याचको कीर्तिमान। विश्वकप क्रिकेटको इतिहासमा सर्वाधिक क्याच लिने खेलाडी हुन्, अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ। उनले सन् १९९६ देखि सन् २०११ सम्मको विश्वकपमा ४६ खेल खेल्दै कुल २८ वटा क्याच लिएका थिए। ४४ वर्षीय पोन्टिङले एउटै खेलमा तीनवटा क्याच लिएका छन्।

सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा श्रीलंकाका सनथ जयसूर्या दोस्रो स्थानमा छन्। ४९ वर्षीय जयसूर्याले सन् १९९२ देखि सन् २००७ सम्मको विश्वकपमा ३८ खेल खेल्दै १८ वटा क्याच लिएका थिए। यसैगरी सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा इङ्ल्यान्डका जोए रुट तेस्रो नम्बरमा छन्। उनले सन् २०१५ र सन् २०१९ को विश्वकपमा गरेर हालसम्म १६ वटा क्याच लिइसकेका छन्।