भारतीय क्रिकेटर गोनीले सन्यास लिए - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

भारतीय क्रिकेटर गोनीले सन्यास लिए



भारतीय क्रिकेटर मनप्रीत गोनीले सन्यास लिएका छन् । हालै युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि उनी ग्लोबल टी–२० क्यानडामा आवद्ध भएका थिए ।

गोनीले भारतका लागि २ वटा एक दिवसीय क्रिकेटमा सहभागिता जनाएका थिए । तर उनको प्रदर्शनले भारतीय टिममा लामो समयसम्म स्थान बनाउन सकेनन् र उनी घरेलु लिगमा मात्रै देखिएका थिए । भारतीय खेलाडीहरुले घरेलु लिग लगाएतमा प्रतिस्पर्धा गरिरहेका बेला अन्य विदेशी लिग खेल्न नपाउने प्रावधान रहेकै कारण उनले भारतीय टिमका सबै फरम्याटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनी पनि अब ग्लोबल टी–२० क्यानडा खेल्ने छन् । पञ्जाबका ३५ वर्षीय गोनीले पञ्जाव क्रिकेट एशोसिएशनलाई पत्र पठाउँदै भारतीय क्रिकेटबाट विदा भएको घोषणा गरेका हुन् । मनप्रीतले २००८ मा पाकिस्तानमा भएको एशियाकपमा हङकङविरुद्ध डेब्यू गरेका थिए ।

त्यसको तीन दिनपछि बंगलादेशविरुद्ध पनि खेले । दुवै खेलमा गरि १३ ओभर बलिङ गर्दा ७६रन दिएर २ विकेट लिए । त्यसपछि उनी कहिल्यै भारतीय टिमको सदस्य बन्न सकेनन् ।