मोहम्मद शामीको दामी किर्तिमान - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

मोहम्मद शामीको दामी किर्तिमान



एजेन्सी – शनिबार सम्पन्न खेलमा भारतले अफगानिस्तानमाथि कठिन जित हासिल गर्‍यो। भारतको यस जितका नायक बने मोहम्मद शमी। शमीले अन्तिम ओभरमा गरेको ह्याट्रिकले अफगानिस्तान ११ रनले पराजित भयो।

भारतको यो कठिन र संघर्षपूर्ण जित शमीका लागि अविस्मरणिय बनेको छ। उनी विश्वकप खेलमा ह्याट्रिक गर्ने दोश्रो भारतीय खेलाडी बनेका छन्। यस खेलमा उनले ४ विकेट लिए।

शमीको ह्याट्रिक विश्वकपमा गरिएको १० औं ह्याट्रिक हो।

शमी अगाडी चेतन शर्माले ३२ वर्ष अगाडि सन् १९८७ को विश्वकप क्रिकेटमा भारतका लागि पहिलो ह्याट्रिक गरेका थिए। उनले त्यतिबेला न्यूजिल्याण्डविरूद्धको खेलमा ह्याट्रिक गरेका थिए। यो ह्याट्रिक विश्वकप इतिहासको पहिलो ह्याट्रिक समेत हो।उनले तीनै विकेट बोल्ड गर्दै लिएका थिए।

शमीले भने दुईलाई बोल्ड तथा एकलाई क्याच गराउँदै ह्याट्रिक गरेका हुन्।

हिजोको खेलमा ४ विकेटसँगै शमीले ३८ बल डट गरेका थिए भने एक ओभर मेडन राखे। उनले अफगानिस्तान विरूद्ध ९.५-१-४०-४ को प्रदर्शन गरे।

अन्तिम ओभरमा ह्याट्रिक गरेका शमीले पहिलो विकेट मोहम्मद नबीको लिएका थिए। नबी हार्दिक पाँड्याको हातबाट क्याच हुन पुगेका हुन्। त्यसपछि शमीले आफताब आलमर मुजिबलाई शुन्य रनमै बोल्ड गरे।

विश्वकप क्रिकेटमा सर्वाधिक ह्याट्रिकको रेकर्ड श्रीलंकाका लसिथ मांलिगाको नाममा छ। उनले सन् २००७ र २०११ मा दुई ह्याट्रिक गरेका थिए। सन् २००७ मा उनले दक्षिण अफ्रिका विरूद्ध ४ विकेट लिएका थिए।

यसैगरी सन् १९९९ मा सकलेन मुश्ताक, सन् २००३ मा चमिन्डा वास, ब्रेटली, सन् २०१५ मा स्टीवन फिन र जेपी डुमिनीले ह्याट्रिक गरेका छन्।