यी हुन् भारतीय राष्ट्रिय टिमका १० अभागी खेलाडी - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

यी हुन् भारतीय राष्ट्रिय टिमका १० अभागी खेलाडी



एजेन्सी- विश्वकप खेल्नु हरेक खेलाडीको सपना हुन्छ। विश्वकपमा छनौट हुनु कुनै पनि खेलाडीका लागि एउटा अविस्मरणिय उपलब्धि हो।

तर कतिपय अवस्थामा खेलाडीलाई भाग्यले अन्तिम समयमा धोका दिन्छ। कयौं खेलाडी विश्वकपमा छनौट त हुन्छन् तर परिस्थिति यस्तो बन्छ की उनीहरू छनौट भएर पनि विश्वकपमा खेल्न पाउँदैनन्।

भारतले विश्वकप क्रिकेटमा सहभागिता जनाउन थालेको ४४ वर्ष भइसक्यो। उसको यो ४४ वर्ष लामो विश्वकप सहभागिताको इतिहासमा भारतीय खेलाडीहरूले  यस्तै नियति भोगेका छन्। हालसम्म भारतका १० खेलाडीले विश्वकप टोलीमा परेर पनि विश्वकप खेल्न नपाएको इतिहास छ।

सन् १९७५ मा भारतले पहिले पटक विश्वकपमा सहभागिता जनायो। १२ खेलाडीले विश्वकपमा सहभागिता जनाएका थिए। यसबेला सबै खेलाडीले खेल्ने मौका पाए तर सन् १९७९ को विश्वकपमा भने त्यस्तो भएन। यस पटक १३ खेलाडी विश्वकपको टोलीमा अटाएका थिए तर टोलीमा रहेका भरत रेड्डीले कुनै पनि म्याच खेल्न पाएनन्। क्रिकेट खेल्न नपाएपछि उनी टोलीमा छनौट भएर पनि विश्वकप खेल्न नपाउने पहिलो भारतीय खेलाडी बने।

सन् १९८३ विश्वकप भारतका लागि कोशेढुङ्गा बन्यो। कपिलदेवको कप्तानीमा भारतले पहिलोपटक विश्वकप क्रिकेटको उपाधि जित्यो। यसपटक १४ खेलाडीले टोलीमा स्थान बनाए तर खेल्ने मौका १३ खेलाडीले मात्र पाए। सुनील वाल्सन पूरा अवधिभर बेन्चमा मात्रै सिमित भए। संयोग नै मान्नुपर्छ उनले त्यसपछि पनि कहिल्यै खेल्न पाएनन्। उनले विश्वकप मात्र होइन भारतका लागि कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर पाएनन्।

त्यसपछि सन् १९८७, ९२ र ९६ मा भारतीय टोलीमा सहभागी हरेक खेलाडीले विश्वकपमा खेल्ने मौका पाए तर यो सिलसिला फेरी सन् १९९९ को विश्वकपमा आएर भंग भयो। यसपटक ती अभागी खेलाडी थिए- अमय खुरासिया। टोलीमा रहेर पनि उनी एक खेल पनि नखेली भारत फर्किए। त्यसपछि सन् २००३ मा यहि नियती संजय बांगर र पार्थिव पटेलले भोगे।

यो नियति इरफान खान र दिनेश कार्तिकले पनि भोगेका छन्। उनीहरूले सन् २००७ को विश्वकपमा खेल्ने अवसर पाएनन्। यसपटकको विश्वकपमा पनि कार्तिकले हालसम्म मौका पाएका छैनन्।

सन् २०१५ को विश्वकपमा पनि त्यस्तै भयो। अक्षर पटेल, अंबाती रायडु र स्टुअर्ट बिनीले टिममा चुनिएर पनि खेल्न पाएनन्। यस विश्वकपमा उनीहरू तीनै छैनन्। यसपटकको टोलीमा अंबाती रायडु छनौट हुने चर्चा चले पनि भारतले उनको सट्टा टोलीमा विजय शंकरले मौका पाए।