अफगानिस्तानले जितेर पनि हारेको यो खेल - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अफगानिस्तानले जितेर पनि हारेको यो खेल



एजेन्सी -‘ईमान्दारीका साथ भन्ने हो भने हामीले वास्तवमै शानदार क्रिकेट खेल्यौँ । अनुमान थियो कि टस जितेर एक ठूलो स्कोर बन्नेछ । तर आश्चर्यजनक रुपमा पिचको स्वभाव फरक थियो ।

यस्तोमा २६० या २७० रन अधिकतम हुन्थ्यो, २५० देखि २६० रन धेरै हुन्थ्यो । तर, प्रतिभावान खेलाडीले भरिएको अफगानिस्तानले यस्तो खेल देखायो जसको हामीले अनुमान गरेका थिएनौँ । आधा खेल खेलिसक्दा हाम्रो दिमागमा केही शंका पैदा भएको थियो कि नतिजा कस्तो हुने हो । तर सबैलाई सामूहिक भरोसा थियो कि हामी खेल जित्नेछौँ ।’

यो भनाई हो भारतका कप्तान विराट कोहलीको, जसले तब राहतको स्वास लिए जब शनिबार राति एक रोमाञ्चक प्रतिस्पर्धामा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गर्यो ।

विराटले पिचको बारेमा भने कि सुरुमा उनलाई पिचको पेस सम्झन नै समय लाग्यो । त्यसपछि उनले निर्णय लिए यो पिचमा क्रस ब्याट शट खेल्न सकिँदैन । सिधा ब्याटले खेल्ने र एक–एक रन लिएर स्ट्राइक एक अर्कालाई दिनु उचित हुनेछ ।

यस्तो पिचमा विकेट झरेपछि तीन शानदार स्पिनरका अगाडि खेल्नु मुस्किल थियो र मोहम्मद नबीले उत्कृष्ट बलिङ्ग गरे । अफगानिस्तानले बीचको ओभरमा दबाब बढायो ।

आफ्ना बलरहरुको तारिफ गर्दै विराटले भने ‘जसप्रीत बुमराह, मोहम्मद शमी र हार्दिक पाण्ड्या देशका लागि शानदार प्रदर्शन गर्न सक्षम छन् र प्राप्त अवसरको फाइदा उठाउन सक्षम छन् ।’

विराटले स्वीकार गरे कि यो खेल धेरै महत्वपूर्ण थियो तर जस्तो उनले रणनीति बनाएका थिए खेलमा त्यस्तो केही पनि भएन ।

तर जब सबै कुरा आफ्नो विपरीत भइरहेको हुन्छ त्यस्तो बेला अन्तिम बलसम्म लडेर म्याच जितेर फर्कनुले टिमको शक्ति र प्रभाव देखाउँछ ।

अर्काे तिर अफगानिस्तान जस्तो टिम जसले पछिल्लो पाँच खेलमा भारतसँग हारेपछि आत्मविश्वास डगमगाएको थियो । तर उसले शानदार प्रदर्शन गरेर सबैको मन जितेको छ ।

यो अफगानिस्तानको संघर्षको कमाल थियो कि अन्तिम बलसम्म खेल रोमाञ्चक बनिरह्यो । जबसम्म भारतले खेल जितेन तबसम्म उसको धड्कन तेज थियो ।

यहाँसम्मकी स्टेडियममा रहेका कैयौँ भारतीय समर्थकहरु रुँदै प्रार्थना गरिरहेका देखिन्थे शायद उनीहरुलाई भारत हार्छ भन्ने लागेको थियो ।

लड्न जानेको आफगानिस्तान

अफगानिस्तानले जस्तो संघर्ष मैदानमा गर्यो त्यस्तै संघर्ष उसले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनाउनका लागि गरेको छ । धेरै मानिसहरुले ट्विटरमा लेखेका छन् कि यो खेल अफगानिस्तानले जित्नु पर्ने थियो ।

खेल पत्रकार विजय लोकपल्ली भन्छन् ‘नयाँ र अन्तर्राष्ट्रिय स्तरमा अनुभवहिन टिमले लगभग भारतलाई हराएकै हो । यो खेलमा हारेर पनि अफगानिस्तान विजयी भएको छ ।’

यो खेल विश्व क्रिकेटमा सधैँ यादगार रहनेछ । यदि अफगानिस्तानले जितेको भए त अझ धेरै यादगार हुने थियो । तर, हारे पनि अफगानिस्तानले भविष्यमा अझै उत्कृष्ट क्रिकेट खेल्न सक्ने सन्देश पैदा गरेको छ ।

आज नभए भोलि एक दिवसीय क्रिकेटमा अफगानिस्तानले भारतलाई पराजित गर्नै नै छ ।

‘यो खेल हेरेर म अफगानिस्तानको फ्यान नै भइसकेको छु’, विजय भन्छन् ।