वेस्टइन्डिजको सेमिफाईनल यात्रा समाप्त - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

वेस्टइन्डिजको सेमिफाईनल यात्रा समाप्त



एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार राती सम्पन्न खेलमा वेस्टइन्डिज न्युजिल्यान्डसँग ५ रनले पराजित भएको छ । यो जितसँगै न्युजिल्यान्ड ६ खेलमा ५ मा जित निकाल्दै ११ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

२ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४९ ओभरमा अल आउट हुँदै २ सय ८६ रनमा समेटियो । वेस्ट इन्डिजका लागि कार्लोस ब्रेथवेटले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको हात टार्न सकेनन् । आफ्नो वान डे करियरको पहिलो शतक प्रहार गरेका वर्थवेटले ८२ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय १ रनको योगदान दिएपनि टोलीको जितको लागि प्राप्त भएन । उनी जेम्श निशमले टेन्ट्र बोल्टबाट क्याच गराएपछि अन्तिम विकेटका आउट भएका थिए । ७ बलमा ६ रन आवश्यक परेको अवस्थामा उनी क्याच आउट भए ।

त्यस्तै ओपनर क्रिस गेलले ८४ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै ८७ रनको योगदान दिए । २४ ओभरको अन्तिम बलमा गेललाई कोलिन डी ग्राण्डहोमले क्याच आउट गराएका थिए । क्रिस गेल र शिमरोन हिटमायरले तेस्रो विकेटका लागि १ सय २२ रनको शतकीय साझेदारी गर्दै जितको आसा देखाएका थिए

तर २३ ओभरको पहिलो बलमा ल्योकी फर्गुसनले हिटमायरलाई ५४ रनमा बोल्ड आउट गरेपछि वेस्ट इन्डिजको निरन्तर विकेट गुम्न पुग्यो । हिटमायरले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । वेस्ट इन्डिजका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा पराजित हुन पुगेको हो । न्युजिल्यान्डका लागि टेन्ट्र बोल्टले १० ओभरमा १ मेडन सहित ३० रन खर्चेर ४ विकेट लिए । त्यस्तै ल्योकी फग्र्युसनले १० ओभरमा ५९ रन खर्चेर ३,म्याट हेनरी,जेम्श निशम र कोलिन डी ग्राण्ड होमको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९१ रन बनायो । न्युजिल्यान्डका लागि विलियमसनले १ सय ४८ रनको उत्कृष्ट शतकीय कप्तानी इनिङ खेल्दै बलियो योगफल सम्म पुर्याए । ४७ ओभरको तेस्रो बलमा क्याच आउट हुनु विलियमसनले १ सय ५४ बलमा १४ चौका र १ छक्का प्रहार गरे । त्यसअघि विलियमसनले १ सय २४ बलमा आफ्नो वान डे करियरको १३ औं शतक पुरा गरेका थिए । इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा विलियमसनको यो लगातार दोस्रो शतक समेत हो । यस अघि दक्षिण अफ्रिकासँगको खेलमा पनि शतक प्रहार गरेका थिए ।

न्युजिल्यान्डले पहिलो बलमै ओपनर मार्टिन गुप्टिललाई शुन्यमा गुमाएको थियो । गुप्टिललाई शिल्डन कर्टेलले एलवी डब्लू आउट गरे । यसै ओभरको पाँचौ बललमा उनले अर्का ओपनर कोलिन मुनरोलाई शुन्यमा बोल्ड आउट गरेपछि न्युजिल्यान्ड दबाबमा परेको थियो । तर विलियमसन र रोश टेलरले तेस्रो विकेटका लागि १ सय ६० रनको उत्कृष्ट साझीदारी गर्दै इनिङ उकासे । यी दुईशीचको साझेदारी ३५ ओभरको तेस्रो बलमा क्रिस गेलले कप्तान जोसन होल्डरबाट ६९ रनमा क्याच गराउँदै तोडे । टेलरले ९५ बलमा ७ चौका प्रहार गरे ।

तल्लोक्रमका जेम्श निशमले २३ बलमा समान १ चौका र छक्का सहित २८ रन,टम लेथम १२, मिचेल सान्टनार १० र कोलिन डी ग्राण्ड होमले १७ रनको योगदान दिए । वेस्ट इन्डिजका लागि शिल्डन कर्टेलले १० ओभरमा १ मेडन सहित ५६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कार्लोस वर्थवेट २ र क्रिस गेलको नाममा १ विकेट रह्यो ।