जित्ने दाउमा भारत-कमाल गर्लान त ऋषव पन्तले ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

जित्ने दाउमा भारत-कमाल गर्लान त ऋषव पन्तले ?



एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले कमजोर अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ ।

जारी प्रतियोगितामा पराजित नभएको भारतले जित विहीन अफगानिस्तानमाथि फराकिलो जित निकाल्ने दाउमा छ । भारत ४ खेलमा ३ मा जित सहित चौथो स्थानमा छ । यता अंक बिहीन अफगानिस्तान ५ खेलमा पाँचै खेल गुमाउँदै पुछारमा छ । अफगानिस्तान आजको खेलमा पराजित भए यस प्रतियोगिताबाट लगभग बाहिरिने छ ।

यस अघि इंग्ल्यान्डसँग निकै कमजोर प्रर्दशन गरेको अफगानिस्तान थप दवावमा छ । इंग्ल्यान्डसँगको खेलमा उसका प्रमुख बलर राशिद खानले ९ ओभरमा १ सय १० रन खर्चिएका थिए । जुन अफगानिस्तानको लागि थप चिन्ताको विषय हो । राशिदले यस विश्वकपमा आसा गरे अनुसारको प्रर्दशन गर्न सकि रहेका छैनन् ।

शीर्षक्रममा निकै आसा गरिएको हज्रतुल्लाह जजाई चल्न नसक्नु अफगानिस्तानलाई थप चिन्ताको विषय हो । मोहम्मद नाबी,अस्गर अफगान,युवा विकेटकीपर इकराम अलीले पनि रन जोड्न सकि रहेका छैनन् ।

विश्वकप सुरुहुन एक महिना बाँकी रहेको अवस्थामा अस्गर अफगानलाई कप्तानबाट हटाउँदै गुलबदीन नाइबलाई कप्तान बनाउने निर्णय अफगानिस्तानको लागि घातक सावित भएको छ ।

शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने दाउमा रहेको भारत फराकिलो जित निकाल्ने धुनमा रहने छ । पाकिस्तानको खेलमा सानदार शतक प्रहार गरेका रोहित शर्मा,कप्तान विराट कोहली,हार्दिक पान्ड्या र महेन्द्रसिंह धोनीको ठूलो इनिङमा भारतले रनको पहाड बनाउन सक्छ । स्पिनर युजवेन्द्र चाहल,कुलदीप यादव तीब्र गतिका बलर जसप्रित बुमराहको बलमा अफगानिस्तानका ब्याट्सम्यानलाई रोन जोड्न पक्कै सहज हुने छैन ।

आजको खेलमा युवा विकेटकीपर ऋषभ पन्तले टोलीमा मौका पाउन सक्ने उच्च संभावना छ । शिखर धवन चोटका कारण विश्वकपबाट बाहिरिएपछि पन्तले भारतीय टोलीमा मौका पाएका हुन् । यता चौथो नम्बरका ब्याट्सम्यान विजय शंकर पनि अभ्यासको क्रममा चोटिल छन् । यो अवस्थामा पन्तले मौका पाउन सक्ने उच्च संभावना देखिन्छ । त्यस्तै आजका खेलमा भुवनेश्वर कुमार पनि टोलीमा हुने छैनन्

पाकिस्तानसँगको खेलमा माशंपेशीमा समस्या आएपछि उनले योसँगै वेस्ट इन्डिज र इंग्ल्यान्डसँगको खेल पनि गुमाउने छन् । उनको स्थान संभवत मोहम्मद सामीले लिने छन् । गत सेप्टेम्बरमा भएको एसिया कप क्रिकेटको सुपर फोर खेलमा अफगानिस्तानले भारतलाई बराबरीमा रोकेको थियो । त्यस्तै सन् २०१५ को विश्वकपमा भारतले अफगानिस्तानलाई १ सय ५३ रनले पराजित गरेको थियो ।