अफगानिस्तान कमजोर कि भारत बलियो ? - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अफगानिस्तान कमजोर कि भारत बलियो ?



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा (आज) शनिबार दुई खेल हुँदैछ । पहिलो खेलमा भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्दैछ ।

रोज बल स्टेडियममा साँझ ३ः१५ बजे हुने खेलमा भारत सहज जितको प्रतिक्षामा छ । अफगानिस्तान भने पहिलो जित निकाल्ने अभियानमा छ । यसैगरी साँझ ६ः१५ बजे ओल्ड ट्राफोर्डमा न्युजिल्यान्ड र वेस्ट इन्डिज भिड्नेछन् ।

दुई पटक विश्वकप उपाधि जितेको भारत निकै बलियो टोली हो । सन् १९८३ र सन् २०११ मा उपाधि जितेको भारतीय टोलीमा अहिले पनि स्टार र अनुभवी खेलाडी छन् । विश्वकपमा दोस्रो पटक भाग लिईरहेको अफगानिस्तान निकै कमजोर देखिएको छ ।

छैटौं खेल खेल्न लागेको अफगानिस्तान जारी विश्वकपमा जितविहिन छ । भारतको यो पाँचौं खेल हो । यसअघि तीन जित र एक अर्निणित नतिजा आत्मसाथ गरेको भारत सात अंकसहित तालिकाको चौथो स्थानमा छ । अफगानिस्तान अन्तिममा छ ।

भारत र अफगानिस्तान विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् । विगतका अन्य एकदिवसीय प्रतियोगितामा पनि भारत बलियो देखिएको छ । त्यसैले उपाधिको दाबेदार भारत अफगानिस्तानमागि सहज जित निकाल्ने अभियानमा छ । अफगानिस्तान पनि भारतलाई कडा टक्कर दिने तयारीमा छ ।

यसैगरी अर्को न्युजिल्यान्ड आफ्नो अफराजित यात्रा जारी राख्ने तयारीमा छ । वेस्ट इन्डिज पनि जित निकाल्दै सेमिफाइनल यात्रा सहज बनाउन चाहन्छ । यसअघिका पाँच खेलमा न्यजिल्यान्डले चार जित र एक अनिर्णित नतिजा निकालेको थियो ।

दोस्रो स्थानमा रहेको न्युजिल्यान्डको नौ अंक छ । तीन अंक बनाएको न्युजिल्यान्ड सातौं स्थानमा छ । पाँच खेल खेलेको वेस्ट इन्डिजले भने एक खेल मात्र जितेको छ । पहिलो र दोस्रो संस्करणको विश्वकप विजेता वेस्ट इन्डिज अनुभवी टोली हो ।

साविक उपविजेता न्युजिल्यान्ड पनि अहिले निकै लयमा देखिएको छ । त्यसैले यी दुई टोलीको आजको भिडन्त निकै रोमाञ्चक हुने विश्वास गरिएको छ ।