इंग्ल्यान्डले हार्ने र श्रीलंकाले जित्ने सम्भावना कति ? - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

इंग्ल्यान्डले हार्ने र श्रीलंकाले जित्ने सम्भावना कति ?



एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली इंग्ल्यान्ड र श्रीलंका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ सुरु हुने छ ।

तुलानात्मक रुपमा कमजोर श्रीलंकामाथि घरेलु टोली इंग्ल्यान्ड फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिने दाउँमा छ । इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा छ । आजको खेलमा श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरे अष्टे«लिया र न्युजिल्यान्डलाईपछि पार्दै शीर्ष स्थानमा उक्लिने छ ।

यता पाँच खेलमा १ मा मात्रै जित निकालेको श्रीलंका छैटौं स्थानमा छ । गर वा मरको अवस्थामा रहेको श्रीलंकालाई आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भए श्रीलंकाको अघिल्लो यात्रा अंक गणितिय संभावना मात्रै बाँकी रहने देखिन्छ ।

यता अघिल्लो खेलमा अफगानिस्तानमाथि ठूलो योगफल बनाएको इंग्ल्यान्डको मनोबल पनि उच्च छ । उक्तमा खेलमा मात्र ७१ बलमा १७ छक्का र ४ चौका प्रहार गर्दै १ सय ४८ रन जोड्ेका कप्तान इओन मोर्गन आजको खेलमा पनि घातक बन्न सक्छन् ।

त्यस्तै जो रुट,जोनी बेयरस्टो,जस बटलर,बेन स्टोक्सको लयलाई रोक्न श्रीलंकन बलरलाई कठिन पर्न सक्छ । तीब्र गतिका युवा बलर जोफ्रा आर्चरले घातक बलिङ गर्दै टोलीको जित सहज गर्न सक्छन् ।

यता खराव प्रर्दशन गरेको श्रीलंका पहिलो खेलमै न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अफगानिस्तानमाथि संघर्षपूर्ण जित निकालेको थियो । पाकिस्तान र बंगलादेशसँगको खेल बर्षाको कारण अंक बाड्नु परेको थियो । अष्टे«लियासँग ८७ रनले पराजित भएको थियो ।

यता श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने,कुशल परेरा बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । सुरुवात राम्रो गरेपनि त्यसलाई मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले निरन्तरता दिन सक्दा पराजित हुन पुगि रहेको छ । कुशल मेन्डिस,तिसेरा परेरा,एन्जिलो मेन्थुज,धनन्जय डी शिल्भाको प्रर्दशन खराब रहनु श्रीलंकालाई ठूलो चिन्ताको विषय हो । नुवान प्रदीप,इसरु उडनाले बलिङमा राम्रै प्रर्दशन गरेका छन् ।

विश्वकपमा यी दुई देशबीच १० खेल भएको छ । जसमा इंग्ल्यान्ड ६ र श्रीलंका ४ खेलमा विजयी भएका छन् । सम्रग वान डे खेलमा भने यी दुई देशबीच ७४ खेल हुँदा इंग्ल्यान्ड ३६ र श्रीलंका ३५ मा खेलमा विजयी भएका छन् । १ खेल बराबरीमा सकिदा २ खेलको नतिजा बिहीन छ ।