आजको खेलबाट मोइन अलीको नयाँ किर्तिमान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

आजको खेलबाट मोइन अलीको नयाँ किर्तिमान



एजेन्सी — इंग्ल्यान्डको एकदिवसीय क्रिकेटमा आएको परिवर्तनमा एउटा हिस्सा हुन पाएकोमा मोइन अली दंग छन् । उनले मौका पाएको खण्डमा श्रीलंकाविरुद्ध शुक्रबार इंग्ल्यान्डले खेल्ने विश्वकप खेल अलीको एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय खेल हुनेछ ।

सन् २०१५ को विश्वकपमा पहिलो चरणबाटै बाहिरिएपछि इंग्ल्यान्डलाई एकदिवसीय अन्तर्राष्ट्रियको वरीयतामा शीर्षस्थानमा पुर्‍याउन ३२ वर्षे अलीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसयता इयान मोर्गनको इंग्ल्यान्डको टोलीले आक्रामक क्रिकेट खेलिरहेको छ । जारी विश्वकपमा ५ मध्ये ४ खेल जित्दै प्रतियोगिता सुरु हुनुअघिको दाबेदार छविलाई निरन्तरता दिइरहेको छ ।

‘यसको अर्थ धेरै छ,’ देव्रेहाते ब्याट्सम्यान एवं अफ स्पिनर बलर अलीले भने, ‘इंग्ल्यान्डबाट एक सय एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नु निश्चय पनि एउटा सपनाजस्तै हो । परिवर्तन ल्याउने टिमको एउटा हिस्सा हुन पाएको छु । संन्यास लिएपछि मैले यो मनन गर्दा जहिल्यै म परिवर्तन गर्ने टोलीका सदस्य थिएँ । यसले पूरै खेल्ने सोच परिवर्तन ल्याएको थियो, जसले उच्च क्रिकेट खेलेको थियो भनेर भन्ने छु ।’

अफगानिस्तानसँग इंग्ल्यान्डको पछिल्लो खेलमा अलीले सातौं नम्बरमा ब्याटिङ गर्दै ९ बलमै ३१ रन बनाएका थिए । त्यही खेलमा मोर्गनले १७ छक्का प्रहार गर्दै १ सय ४८ रन बनाएका थिए । २०१४ मा एकदिवसीयमा ‘डेब्यु’ गरेका अलीले तल्लोक्रममा ब्याटिङ गर्न सजिलो नभए पनि त्यो महत्त्वपूर्ण भूमिका भएको जनाए । ‘मेरो विचारमा सातौं नम्बर ब्याटिङका लागि सजिलो स्थान होइन । खेलको तीव्रताले त्यो स्थान छोपेको हुन्छ । त्यस्तो समयमा छिटो रन बनाउनुपर्ने हुन्छ, जुन सधैं सम्भव हुँदैन ।’

उनले अगाडि भने, ‘जोस बटलर र बेन स्टोक्स जस्ता खेलाडीलाई पनि यस्तोमा खेल्न गाह्रो हुन्छ ।’ बलिया मानिएका टोलीहरू नै अहिले अग्रपंक्तिमा देखिएका छन् । अली स्तब्ध नतिजाका लागि अझै सम्भावना रहेको बताउँछन् । ‘अहिलेको स्थितिमा शीर्ष चार टोली यही हो भनेर भन्न सकिन्छ किन भने उनीहरूले राम्रो र संयमीत खेलिरहेका छन् ।’

सन् १९७९, १९८७ र १९९२ को उपविजेता इंग्ल्यान्डले कहिल्यै ५० ओभरको विश्वकप जित्न सकेको छैन । तर अली गृहमैदानमा पहिलोपल्ट यो उपलब्धि हात पात पर्ने आशा लिन्छन् । ‘एउटा टिमका रूपमा ट्रफीले त्यसको महत्त्व राख्दछ, आस छ अहिलेको समय त्यही नै हो,’ उनले भने ।