बंगलादेशलाई विशाल लक्ष्य : वार्नरको शतक र किर्तिमान - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

बंगलादेशलाई विशाल लक्ष्य : वार्नरको शतक र किर्तिमान



एजेन्सी – ओपनर डेविड वार्नरले शानदार शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ३ सय ८२ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको अष्टेलियाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ८१ रन बनायो । अष्टेलियालाई विशाल योगफल सम्म पुर्याउन ओपनर डेविड वार्नरले १ सय ६६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । सौम्य सरकारको ४५ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि वार्नरले १ सय ४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे ।

वार्नरले १ सय १० बलमा आफ्नो वान डे करियरको १६ औं शतक पुरा गरेका थिए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । यस अघि पाकिस्तानसँगको खेलमा पनि वार्नरले शतक प्रहार गरेका थिए । उनको सम्रग विश्वकपमा भने तेस्रो शतक पर्दछ ।

उस्मान खवाजाले पनि उत्कृष्ट प्रर्दशन गर्दै ८९ रनको योगदान दिए । ४७ ओभरको पाँचौ बलमा सरकारलेनै विकेटकीपर मुश्फिकुर रहिमबाट क्याच आउट गराउनु अघि उनले ७२ बलमा १० चौका प्रहार गरे ।

दोस्रो विकेटका लागि डेविड वार्नर र उस्मान खवाजाले १ सय ९२ रनको साझेदारी गर्दै ठूलो योगफल सम्म पुर्याए ।

पहिलो विकेटका लागि ओपनर वार्नर र कप्तान आरोन फिन्चले १ सय २१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । २१ ओभरको पाँचौ बलमा सौम्य सरकारले रुवेल हसनबाट क्याच आउट गराउनु अघि फिन्चले ५१ बलमा ५ चौका र २ छक्का सहित ५३ रन जोडे ।

यस्तै तल्लोक्रममा ग्लेन म्याक्सवेलले विश्फोटक ब्याटिङ गर्दै १० बलमा २ चौका र ३ छक्का सहित ३२ रनमा रन आउट भए । स्टिभ स्मिथ १ रनमा आउट भए । मार्कस स्टोइनिस १७ र एलेक्स केरि ११ रनमा अविजित रहे ।

बंगलादेशका लागि सौम्य सरकारले ८ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानको नाममा १ विकेट रह्यो ।