एकाएक रोकियो अष्ट्रेलिया र बंगलादेशबीचको खेल - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

एकाएक रोकियो अष्ट्रेलिया र बंगलादेशबीचको खेल



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलिया र बंगलादेशबीच अहिले जारी खेल रोकिएको छ ।

इंग्ल्याण्डको नटिङघममा जारी खेल वर्षाको कारण रोकिएको हो । वर्षाले खेल रोकिनुअघि अष्ट्रेलियाले ४९ ओभरमा ५ विकेट गुमाएर ३६८ रन बनाएको छ ।

अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ्स खेले । १४७ बल खेलेका वार्नरले ५ छक्का र १४ चौकाको मद्दतमा  १ सय ६६ रन बनाए ।

यस्तै उस्मान ख्वाजाले ८९ रन जोड्दा ओपनर तथा कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेलले ३२ रन बनाए ।

बंगलादेशका सौम्या सरकार ३ तथा मुस्ताफिजुर रहमानले १ विकेट हात पारेका छन् ।