भारतीय टिमलाई तनावै तनाव : के होला अब ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

भारतीय टिमलाई तनावै तनाव : के होला अब ?



काठमाडौं -विश्वकप २०१९ बाट भारतीय टिमका ओपनर शिखर धवन बाहिरिएका छन्। धवन चोटका कारण विश्वकपबाट बाहिरिएका हुन्।

भारतीय क्रिकेट टिमका म्यानेजर सुनील सुब्रमण्यमले धवन बाहिरिएको जानकारी दिएका हुन्। धवनको स्थानमा ऋषभ पन्तले खेल्ने सुब्रमण्यमले जानकारी दिए। धवनको ‍औँला फ्याक्चर भएपछि विश्वकपबाट बाहिरिएका हुन्। शिखर जुन ९ मा अष्ट्रेलिया विरुद्ध भएको खेलमा घाइते भएका थिए। जसका कारण उनले पाकिस्तानविरुद्धको खेल गुमाएका थिए।

धवनलाई अष्ट्रेलियाविरुद्ध खेल्दा हातमा बलले लागेको थियो। कुल्टर नाइलको बलले उनी घाइते भएका थिए। उक्त खेलमा धवनले चोटका बाबजुद १०९ बलमा ११७ रन बनाएका थिए। तर, फिल्डिङ गर्न भने उनले सकेका थिएनन्। उक्त खेलमा धवनको ठाउँमा रवीन्द्र जडेजाले फिल्डिङ गरेका थिए। अष्ट्रेलियाविरुद्धको खेलपछि धवन तीन खेलका लागि टिमबाट बाहिरिएका थिए।

उनको ठाउँमा ऋषभ पन्तलाई राखिएको थियो। तर, अब उनी विश्वकपबाट नै बाहिरिएका हुन्। धवन जुलाई महिनासम्म मैदानमा उत्रन सक्नेअवस्थामा नरहेको बताइएको छ। त्यसैगरी भारतलाई अर्को झट्का पनि लागेको छ। भारतका तीव्र गतीका बलर भुवनेश्वर कुमार पनि दुई खेलका लागि विश्वकपबाट बाहिरिएका छन्। पाकिस्तानविरुद्धको खेल बीचमै छोडेका उनलाई मांसपेशीको समस्या आएको थियो।

भुवनेश्वरको ठाउँमा तीव्र गतीका बलर मोहम्मद शमीले खेल्ने बताइएको छ।