पानी परेपछि खेल रोकियो : रद्द हुनसक्ने - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

पानी परेपछि खेल रोकियो : रद्द हुनसक्ने



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको टस केही समयका लागि सरेको छ । पानीको कारण मैदानमा हिलो भएपछी खेल रोकिएको हो ।

पानी रोकिएको छ भने फेरी पर्ने सम्भावना पनि उत्तिकै छ । फेरी पानी परेको खण्डमा भने खेल रद्द हुने सम्भावना बढी छ ।

रद्द नभएको खण्डमा आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छन् । न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।

यता कमजोर अवस्थाबाट सुधारिँदै आएको दक्षिण अफ्रिका आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।