अफगानी क्रिकेटरहरुको रेष्टुरेन्टमा बिबाद : यस्तो थियो घटना - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अफगानी क्रिकेटरहरुको रेष्टुरेन्टमा बिबाद : यस्तो थियो घटना



एजेन्सी । अफगानिस्तानको क्रिकेट टोलीका सदस्यहरुको मेनचेष्टर स्थित एक रेष्टुरेन्टमा विवाद भएको छ । विवाद बढ्दै गएपछि प्रहरी आएर स्थिती नियन्त्रणमा लिएको बताइएको छ ।

स्थानीय समयअनसार मंगलबार राती ११ः१५ बजे अकबर रेष्टुरेन्टमा अफगानिस्तानका खेलाडीहरु बसिरहँदा एक व्यक्तिले स्वीकृती बिना भिडियो खिच्न थालेपछि विवाद बढेको थाहा भएको छ ।

अफगानी टोलीका एक सदस्यले ति भिडियो खिच्ने व्यक्तिसँग प्रतिवाद गरेसँगै विवाद शुरु भएको बताइएको छ ।

बीबीसीले जनाएअनुसार उक्त घटना लगत्तै प्रहरी बोलाइएको र स्थिती नियन्त्रणमा लिइएको थियो । उक्त घटनामा कोही घाइते नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त घटनाको भोलिपल्ट अर्थात् मंगलबार अफगानिस्तान टोली इंग्ल्याण्डसँग १ सय ५० रनले पराजित भएको थियो ।

छोटो समयमा ठुलो फड्को मारेका अफगानिस्तानले क्रिकेट जगतबाट वाहवाही पाएपनी पछिल्लो समय अफगानिस्तान क्रिकेट पनि विवादको भुमरिमा फस्दै गएको बुझिएको छ ।

विश्वकप अघि कप्तान परिवर्तन गर्दा पनि अफगान क्रिकेटमा विवाद बढेको थियो । त्यस्तै गत हप्ता विकेटकिपर ब्याटसम्यान मोहम्मद शहजादलाई टोलीबाट निकालेको घटनाले पनि ठुलै विवादको रुप लिएको थियो ।

इंग्ल्याण्डको पिचको अवस्था अफगानिस्तानलाई सुहाउँदो रहेकोले पनि ठुला टोलीहरुलाई चित् पार्न सक्ने विश्लेषणको विपरित अफगानिस्तानले जारी विश्वकपमा फितलो प्रदर्शन गरिरहेको छ ।