भेनेजुएलासँग बराबरीमा रोकियो ब्राजिल - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भेनेजुएलासँग बराबरीमा रोकियो ब्राजिल



साल्भाडोर (ब्राजिल) । कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा आयोजक ब्राजिल बराबरीमै रोकिएको छ । ब्राजिल बुधबार भएको खेलमा भेनेजुएलासँग गोलरहित बराबरीमै रोकिएको हो ।

खेलमा ब्राजिलले गरेको दुई गोललाई रेफ्रीले अफ साइड दिएका थिए । भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहायताले गाब्रिइल जिससले पहिलो हाफ र फिलिप कउटिन्होले खेलको अन्त्यतिर गरेको गोललाई अफ साइड दिएको थियो ।

खेलमा ब्राजिलले सशक्त प्रदर्शन गरेपनि जित हात पार्न असफल रह्यो । ब्राजिलले आफ्नो पहिलो खेलमा बोलिभियालाई पराजित गरेको थियो । दोस्रो खेलमा बराबरीको नतिजाका बाबजुद ब्राजिल प्रतियोगिताको समूह एको शीर्ष स्थानमा रहेको छ ।

भेनेजुएलाको प्रतियोगितामा यो लगातार दोस्रो बराबरी हो । यसअघि आफ्नो पहिलो खेलमा पनि भेनेजुएलाले पेरुसँग गोलरहित बराबरी खेलेको थियो । शनिबार साओ पाउलोमा ब्राजिल र बोलिभिया तथा बेलो होरिजोन्टेमा बोलिभिया र भेनेजुएर प्रतिस्पर्धा गरेपछि समूह एबाट अघिल्लो चरण प्रवेश गर्ने टोलीको टुङ्गो लाग्ने छ ।