के एल राहुलको जम्मा ६ अंक, कसरी - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

के एल राहुलको जम्मा ६ अंक, कसरी



एजेन्सी -पाकिस्तानविरूद्धको खेलमा आफ्नो प्रदर्शनलाई भारतीय ब्याटसम्यान केएल राहुलले १० मा ६ अंक दिएका छन्।

सो म्याचमा उनले ७८ बल खेल्दै ५७ रन बनाए। उनले पहिलो विकेटका लागि रोहित शर्मासँग १३६ रनको साझेदारी गरेका थिए।

शिखर धवन घाइते भएपछि विश्वकपमा उनले मौका पाएका हुन्।

‘शिखर-रोहितले पछिल्ला ३-४ वर्षमा एकदमै खतरनाक जोडी बनेका छन्। जताततै उनीहरूले साझेदारी गरेका छन्। देशका लागि यति राम्रो प्रदर्शन गरेका छन् की उनीहरू पहिलो र दोश्रो नम्बरमा खेल्ने हक राख्छन्’, राहुलेले भने, ‘मैले मेरो मौकालाई कुर्नुपर्छ र शीर्ष ३ मा खेल्न पाउँदा म खुशी छु। पाकिस्तानविरूद्ध मेरो पहिलो म्याच थियो र यो विश्वकपमा नै भयो। यो भन्दा ठूलो वा राम्रो आशा म गर्न सक्दिनथे।’

उनले आफूलाई यसबाट एकदमै खुशी भएको बताए।

‘म एकदमै खुशी छु कि मैले मौका पाएँ। म आफूलाई १० मा ६ अंक दिन्छु। आशा छ, म यो आत्मविश्वासलाई अगाडी बढाउनेछु र अझ राम्रो बन्नेछु’, राहुलले भने।