आईसिसीसँग श्रीलंका क्रुद्ध : यस्तो छ आरोप - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

आईसिसीसँग श्रीलंका क्रुद्ध : यस्तो छ आरोप



एजेन्सी – जारी विश्वकपमा गतिलो पिच र सुविधा उपलब्ध नगराएको भन्दै आईसिसीको विरोध गरेको श्रीलंका विद्रोहमा उत्रेको छ। उसले यस्तो शनिबार अस्ट्रेलियाविरूद्धको म्याचपछि गरेको हो।

शनिबार ऊ अस्ट्रेलियासँग ८७ रनले पराजित भएको थियो।

पिच र पर्याप्त सुविधा नपाएको भन्दै आईसिसी व्यवस्थापनमाथि प्रश्न उठाएको श्रीलंकाले शनिबारको म्याचपछि आफ्नो असन्तुष्टि राम्रैगरी पोख्यो। उसले पोस्ट म्याच कन्फरेन्समा कुनै पनि खेलाडीलाई पठाएन। म्याच परम्परा अनुसार निर्धारित खेल सकिएपछि प्रेस कन्फरेन्स हुनेगर्छ जहाँ म्याच खेल्ने टोलीका प्रतिनिधिले म्याचबारेका सवालको जवाफ दिनेगर्छन्।

विश्वकप क्रिकेटमा यस्तो भएको यो पहिलोपटक हो। श्रीलंकाले यसरी खुलेर नै आफ्नो असन्तुष्टि पोखेपछि आईसिसीका अधिकारीहरूले मामिलालाई समाधान गर्ने कोशिसमा लागेका छन्।

शुक्रबार श्रीलंकाका व्यवस्थापक असांथा डि मेलले आईसिसीलाई पत्र लेख्दै श्रीलंकाले कार्डिफमा हरियो पिचमा म्याच खेल्नुपरेको र शनिबार पनि अस्ट्रेलियाविरूद्धको खेलमा त्यस्तै हुन लागेको भन्दै असन्तुष्टि जनाएका थिए। पत्रमा उनले  आईसिसीले केहि टोलीका हिसाबले मात्र पिच तयार गरिरहेको आरोप लगाएका थिए।