ओम अस्पताल तनावग्रस्त : तोडफोड, अश्रुग्याँस र लाठीचार्ज, ५ जना घाइते - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

ओम अस्पताल तनावग्रस्त : तोडफोड, अश्रुग्याँस र लाठीचार्ज, ५ जना घाइते



काठमाडौं– ओम अस्पतालमा मृतकका आफन्तले नाराबाजीसहित आक्रमण गरेका छन्। उपचाररत एक महिलाको मृत्युपछि अस्पतालमा तोडफोड गरेका हुन् ।

प्रहरीले अस्पतालमा तोडफोड र नाराबाजी गर्नेमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको हो। प्रहरी र मृतकका तर्फबाट प्रदर्शन गर्नेबिचमा भएको झडपका कारण ४ प्रहरीसहित ५ जना घाइते भएका छन्।

इते हुनेमा दुई जना डिएसपी रहेको महानगरिय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।

उनका अनुसार प्रदर्शनमा मृतकका एक जना आफन्त सामान्य घाइते भएका छन्। घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले स्थिती नियन्त्रणमा लिन ४ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो।

अस्पताल प्रशासन र आफन्तबीच वार्ता भइरहेको छ। अस्पतालमा बिहीबारदेखि आफन्तले नाराबाजी गर्दै आएका छन्।

सिन्धुपाल्चोक इन्द्रावती–१० घर भएकी ५० वर्षीया रामप्यारी थापाको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो। थापाको गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि आइसियुमा रहेकी थापाको बिहिबार बिहान ७ बजे मृत्यु भएको हो।