राजदुत हुन् नपाउदै विवादमा फसे दाहाल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

राजदुत हुन् नपाउदै विवादमा फसे दाहाल



काठमाडाैं– सरकारले अस्ट्रेलियाको राजदूत नियुक्तिका लागि महेशराज दाहाललाई गरेको सिफारिस विवादमा परेको छ ।

दाहालकी पत्नी अमेरिकाको स्थायी बासिन्दा भएको पाइएपछि उनको सिफारिस विवादमा परेको हो । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बेवास्ता गर्दै सरकारले गत साता अस्ट्रेलियासहित चार मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो । याे समाचार अन्नपूर्ण पाेस्टमा छ ।

यसअघि तत्कालीन माओवादी नेता राम कार्कीलाई सरकारले भारतका लागि राजदूत नियुक्ति गरेको थियो। तर उनी पत्नी भारतमै सरकारी सेवामा कार्यरत रहेका कारण कार्कीको सहमति ९एग्रिमो० आएको थिएन। कूटनीतिमा स्वार्थको टकराव हुने अवस्थामा नियुक्ति नहुने अभ्यास छ। तर सरकारले ती अभ्यास र आफ्नै निर्देशिकाको बेवास्ता गर्दै दाहाललाई सिफारिस गरेको हो। दाहालकी पत्नी प्रभा अमेरिकामै स्थायी बसोबास गर्दै आएकी छन्।

अमेरिकास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई दाहालको अमेरिका आउजाउ र पत्नी प्रभाको अवस्थाबारे पूर्ण जानकारी दिएको छ। दाहालले आरम्भमा अमेरिकाकै राजदूतमा नियुक्तिकाा लागि प्रयास गरेका थिए। त्यसमा असफल भएपछि उनले अस्ट्रेलियाका लागि सिफारिस प्राप्त गरेको परराष्ट्र अधिकारी बताउँछन्।

सिफारिसमा परेका दाहालले पत्नी अमेरिकामा पाँच वर्षदेखि कार्यरत रहेको स्वीकार गरे। ‘मेरी पत्नी अमेरिकाको भर्जिनियामा कार्यरत छिन्। उनी नर्स भएकाले त्यहाँ केही समयदेखि काम गरिरहेकी हुन्,’ उनको दाबी छ, ‘उनको वर्कपर्मिट छ। ग्रिनकार्ड ९स्थायी बसोबास अनुमति० छैन।’