शिखर धवनको सट्टा ऋषभ पन्तलाई खेलाउने तयारी - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

शिखर धवनको सट्टा ऋषभ पन्तलाई खेलाउने तयारी



एजेन्सी – औंलामा चोट लागेपछि शिखर धवन ३ साताका लागि मैदान बाहिर बस्नुपर्ने भएपछि भारतीय क्रिकेट टोलीमा ऋषभ पन्तले मौका पाउने अनुमान गरिएको छ।

औपचारिक रूपमा घोषणा नगरिएपनि पन्तलाई इङ्ल्याण्ड जान तयार रहन निर्देशन दिसकिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

२ या ३ सातामा धवन ठीक हुने विश्वास बिसिसीआईले लिएको छ। विश्वकपका लागि टोलीमा ऋषभ पन्तको सट्टा दिनेश कार्तिकलाई छनौट गरेको थियो।

धवन ठीक नभएमा मात्रै पन्तले टोलीमा सथान पाउने बताइए पनि बिसिसीआईले यसबारेमा कुनै औपचारिक धारणा बाहिर ल्याएको छैन।

धवनको औंला फ्याक्चर भएकाले उनले न्यूजिल्याण्ड र पाकिस्तानविरूद्धको खेल गुमाउने अनुमान गरिएको छ।

बिसिसीआईले धवन हाल मेडिकल टिमको रेखदेखमा रहेका छन्। उनको उपचार बेलायतमै राखेर गरिनेछ।

धवनले आइतबार अस्ट्रेलियाविरूद्ध भएको खेलमा शानदार ११७ रन बनाएका थिए। यस पारीका लागि उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो। चोटका कारण उनी फिल्डिङका लागि मैदानमा आएका थिएनन। उनको सट्टा रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए।

उनी नाथन कुल्टर नाइलको बलमा घाइते बनेका थिए।