एकै ओभरमा ६ छक्का हान्ने युवराजलाई बलरले लिजेण्ड भनेपछि... - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

एकै ओभरमा ६ छक्का हान्ने युवराजलाई बलरले लिजेण्ड भनेपछि…



एजेन्सी- युवराज सिंहले सोमवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गरेका थिए ।

पूर्वभारतीय क्रिकेटर युवराजको नाममा ६ बलमा ६ छक्का प्रहार गरेको कीर्तिमान छ । पहिलो टी-ट्वान्टी विश्वकपमा युवराजले जुन बलरलाई ६ छक्का प्रहार गरेका थिए उनैले युवराजलाई लिजेन्ड भनेका छन् ।

स्टुअर्ड ब्रोडले सामाजिक सञ्जाल ट्विटरमा युवराजको सन्यासपछि लेखेका छन्, ‘एन्जोय रिटायरमेन्ट लिजेन्ड ।’ जवाफमा युवराजले भनेका छन्, ‘तपाईं पनि लिजेन्ड हो । बलियो भएर अघि बढ्नुहोस् ।’

स्टुअर्ट ब्रोडले ईएसपीएन क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा युवराजले एकै ओभरमा ६ छक्का हानेर आफूलाई बलर बनाएको बताए । उनले भनेका छन्, ‘जुन बेला युवराजले मलाई ६ छक्का प्रहार गरेका थिए त्यसबेला म मात्र १९ वर्षको थिएँ । डेथ ओभरमा बलिङ गरेको अनुभव थिएन । उक्त म्याचमा युवराजले निकै राम्रोसँग हिट गरिरहेका थिए । त्यस दिन स्लोअर योर्करले पनि मलाई साथ दिइरहेको थिएन ।’