बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा : जुङ्गाको लडाई - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा : जुङ्गाको लडाई



काठमाडौं। इंग्ल्याण्डमा भैरहेको १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । ब्रिस्टोलमा मंगलबार खेलमा दुई एसियाली राष्ट्र बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

काउन्टी मैदानमा दुवै टोली सहज जितको खोजीमा हुनेछ । दुवै टिम जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राख्न चाहन्छ । तर, दुवैलाई वर्षाको डर रहनेछ । किनकि पछिल्लो साता वर्षाको कारण केहि खेलहरु स्थगित भएका छन् ।

श्रीलंकाविरुद्ध बंगलादेश दोस्रो जितको खोजीमा हुनेछ । अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको बंगलादेशको २ अंक रहेको छ । बंगलादेश आठौं स्थानमा रहेको छ ।

श्रीलंका पनि दोस्रो जितको खोजीमा हुनेछ । अघिल्ला ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको श्रीलंकाको ३ अंक रहेको छ । श्रीलंका छैटौं स्थानमा रहेको छ ।

दुई टोलीबीचको पछिल्ला नतिजा श्रीलंकाको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा श्रीलंकाले ३ खेल जितेको छ । बंगलादेशले २ खेलमा जित निकालेको छ ।