क्रिकेटर युवराज सिंहले लिए अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

क्रिकेटर युवराज सिंहले लिए अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास



काठमाडौं। भारतीय क्रिकेटका स्टार खेलाडी युवराज सिंहले अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास लिएका छन्। विश्वकप २०११को विश्व बिजेता भारतीय टोलीका प्रमुख खेलाडी युवराजले विश्वकप क्रिकेट २०१९ चलिरहेको बेला सन्यास लिएका छन्।

सायद युवराज विश्वकप क्रिकेट २०१९मा भारतीय टोलीमा पर्ने आश गरेर बसेका थिए। युवराजले ४० टेष्ट, ३०४ एकदिवसीय अन्तराष्ट्रिय र ५८ टि-२० अन्तराषट्र्य क्रेकटमा भारतको प्रतिनिधित्व गरेका थिए।

सन् २०११ विश्वकप क्रिकेटका प्लेयर अप टोर्नामेन्ट युवराजले उक्त प्रतियोगितामा ४ वटा प्लेयर अफ म्याच पाएका थिए। उक्त विश्वकपमा ३ सय ६२ रन बानउँनुका साथै १५ विकेट पनि लिएका थिए। भारतलाई विश्वकप जिताउनुमा उनको प्रमुख भुमिका रहेको थियो।

उनले अन्तिम एकदिवसीय खेल वेष्टईण्डिज बिरुद्ध २०१७ जुन ३० मा खेलेका थिए।