विश्वकपमा अष्ट्रेलियालाई भारतले जित्ने यस्तो सङ्केत - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

विश्वकपमा अष्ट्रेलियालाई भारतले जित्ने यस्तो सङ्केत



एजेन्सी । उपाधिका मुख्य दाबेदार मानिएका अष्ट्रेलिया र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलिया आफनो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । यसअघिका २ दुई खेलमा विजयी अष्ट्रेलिया उत्साहित छ । भारत पनि आफ्नो पहिलो खेलमा जित निकालेका कारण दोस्रो जितका लागि तयार छ । अनुभवी खेलाडी रहेका दुबै टोली विजय यात्रालाई निरन्तरता दिने लक्ष्यमा छन् ।

भारतले पहिलो खेलमा दक्षिण अफ्रिकामाथि ६ विकेटको जित निकालेको थियो । अष्ट्रेलियाले वेष्ट इन्डिजमाथि १५ रन तथा अफगानस्तानलाई ७ विकेटले हराएको थियो ।

विश्वकप क्रिकेटमा अनुभवी खेलाडी रहेका यी दुई टोलीबीचको आजको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । पछिल्लो समय भएका एकदिवसीय खेलमा अष्ट्रेलिया भारतमाथि बलियो देखिएको छ । अष्ट्रेलियाले पछिल्ला पाँच खेलमा विजय हासिल गर्दा भारत २ खेलमा मात्र विजय छ । विश्वकपमा यी दुई टोली अहिलेसम्म ११ पटक आमनेसामने भएका छन् । जसमा अष्ट्रेलया हाबी छ । अष्ट्रेलियाले ८ मा जित र भारत ३ मा विजय भएको छ ।

१९८३ मा पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा हुँदा पछिल्लो समय २०१५ को विश्वकपमा भेट भएको थियो । पाँचपटक च्याम्पीयन विश्वकपमा नयाँ कीर्तिमान बनाउन चाहन्छ भने भारत तेस्रो उपाधि उचाल्ने रणनीतिमा छ ।

आजको सम्भावित टोलीः

भारतः रोहित शर्मा, शिखर धवन, विराट कोहली, केएल राहुल, महेन्द्र सिँह धोनी, केदार जाधब, हार्दिक पाण्डेय, भुवनेश्वर कुमार, कुलदिप यादव, जपप्रित बुम्रराह र युजवेन्द्र चहाल छन् ।

अष्ट्रेलियाः डेविड जाम्पा, आरोप फिन्च, उसमान ख्वाजा, स्टेभन स्मिथ, ग्लेन म्याक्सवेल, मार्कुस स्टोनिस, एलेक्स केरी, नाथन कल्टर नेल, प्याट कुमिन्स, मिचेल स्टार्क र एडम जाम्पा छन् ।