एबी डी भीलियर्सबारे गम्भीर खुलासा - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

एबी डी भीलियर्सबारे गम्भीर खुलासा



एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डी भीलियर्सले गत बर्ष अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । तर, डी भीलियर्सले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप खेल्ने इच्छा व्यक्त गरेको खुलासा भएको छ ।

डी भीलियर्सले विश्वकप टोलीको घोषणा हुनुभन्दा २४ घण्टा अगाडी टिमसंग विश्वकप खेल्ने चाहना राखेको विश्व चर्चित क्रिकेट वेवसाइट क्रिकइन्फोले जनाएको छ ।

डी भीलियर्सले कप्तान फाफ डु प्लेसिस र मुख्य प्रशिक्षकलाई आफुले विश्वकप खेल्न चाहेको बताएका थिए । तर, डी भीलियर्सको चाहना टिमले ठाडै अस्वीकार गरेको क्रिकइन्फोले जनाएको छ ।

सन् २०१८ को मेबाट डी भीलियर्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । उनले दक्षिण अफ्रीकाबाट २ सय २८ एक दिवसीय खेलमा ५३ दशमलब ५० को औशतमा ९ हजार ५ सय ७७ रन बनाएका छन् । यस्तै उनले एक दिवसीयमा सबै भन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको रेकर्ड समेत बनाएका छन् ।

डी भीलियर्सले टिममा छनोट हुन पुरा गर्नुपर्ने सबै मापदण्ड पुरा गरेका थिएनन् । उनले लामो समय सम्म घरेलु प्रतियोगिता तथा अन्तराष्ट्रिय खेल खेलेका थिएनन् । उनलाई टिममा ल्याउँदा भान डर डुसेनप्रति अन्याय हुने थियो ।

जारी विश्वकपमा दक्षिण अफ्रीकाले खराब प्रदर्शन गरिरहेको छ । दक्षिण अफ्रीकाले लगातार तीन खेलमा ३ हार व्यहोरेको छ ।

पहिलो खेलमा आयोजक इंगल्याण्डसंग १०४, दोस्रो खेलमा बंगलादेशसंग २१ रनले तथा तेस्रो खेलमा भारतसंग ६ विकेटले पराजित भएको थियो ।