शतक बनाउँदा पनि किन असन्तुष्ट छन् रोहित शर्मा ? - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

शतक बनाउँदा पनि किन असन्तुष्ट छन् रोहित शर्मा ?



काठमाडौं -बुधबार भएको आइसिसी विश्वकप क्रिकेट-२०१९ मा भारत आफ्नो पहिले खेलमा ६ विकेटले विजयी भयो। २२८ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ४ विकेट गुमाउँदै हासिल गर्‍यो।

भारतको यस जितका नायक बने रोहित शर्मा ।

उनले नटआउट १२२ रनको सर्वाधिक योगदान दिए। १४४ बलमा १३ चौका तथा २ छक्का प्रहार गर्दै उनले नटआउट १२२ रन बनाए।

विश्वकपमा यो उनको दोश्रो शतक हो भने करियरको २३ औं शतक हो। यस शत्कसँगै उनले सौरभ गांगुलीलाई पछि पारेका छन्। गांगुलीले भारतका लागि २२ शतक बनाएका थिए। गांगुलीलाई जितेसँगै रोहित भारतका लागि सर्वाधिक शतक हान्ने तेश्रा खेलाडी बनेका छन्।

यस चूचिको पहिलो र दोश्रोस्थानमा सचिन तेन्तुल्कर र विराट कोहली रहेका छन्। उनीहरूले क्रमशः ४९ र ४१ शतक प्रहार गरेका छन्।

म्याचपछि भएको कुराकानीमा रोहित आफ्नो प्रदर्शनमा खुशी देखिनुपर्ने हो तर उनी स्वयं आफ्नो प्रदर्शनसँग सन्तुष्ट देखिएनन। उनले आफूले स्वभाविक खेल देखाउन नसकेको बताए।

‘यहाँ ब्याटिङ गर्दाको अनुभव भारतमा भन्दा अलग रह्यो। सुरूवाती ओभरमा सम्हालिएर खेल्नुपर्‍यो। बलले यहाँ के गर्दैछ पनि बुझ्नुपर्‍यो। आफ्नो स्वभाविक खेल देखाउन सकिन। आफूलाई मनमरने सट हान्न अघि सावधानी अपनाउनुपर्‍यो। कयौं बल छोड्नुपर्‍यो’, रोहितले असन्तुष्ट हुनुको कारण खुलाउँदै भने।

यसैगरी रोहितले जितको श्रेय साझेदारीलाई दिए।

‘लक्ष्य पछ्याउनेक्रममा साझेदारी गर्नु धेरै महत्वपूर्ण थियो। लक्ष्य छोटो थियो तर चुनौतीपूर्ण थियो। यो काम मध्यक्रमका ब्याटस्म्यानको थियो। यहाँ उनीहरूले आफ्नो काम राम्रोसँग गर्नुपर्छ। हामी सँधै दुई जना ब्याटस्म्यामाथि मात्र भरोसा गरेर बस्न हुन्न’, रोहितले भने। एजेन्सी