रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा



काठमाडौं- क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सकिएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ३-१ गोलले पराजित गरेको थियो।

रोनाल्डोले खेलको २५ मिनेटमा गोल गरेर पोर्चुगललाई पहिले अग्रता दिलाए। ५७ मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काउन सफल भयो। रोद्रिगेजले पेनाल्टीमा गोल गरेर बराबरी गोल फर्काएका हुन्।

८८ मिनेटमा रोनाल्डोले व्यक्तिग तथा टिमका लागि दोस्रो गोल गरेपछि पोर्चुगलले २-१ को अग्रता लियो। खेलको अन्तिम मिनेटमा रोनाल्डोले ह्याट्रिक गर्दा पोर्चुगलको जित पक्का भएको थियो। उनले बेर्नान्डो सिल्भाको क्रसमा उत्कृष्ट गोल गरेका थिए।

पोर्चुगलले अब फाइनलमा आइतबार इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीच बिहीबार दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ।