कोटिन्होलाई फुटबल खेल छाड्न चुनौती - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

कोटिन्होलाई फुटबल खेल छाड्न चुनौती



एजेन्सी -फुटबलका ब्याड ब्वाइ जलाटन इभ्राहिमोभिचले बार्सिलोनाका अट्याकिङ मिडफिल्डर फिलिप कोटिन्होको आलोचना गरेका छन्।

कोटिन्होले बार्साबाट यस सिजन ला लिगामा मात्र ५ गोल गरे। उनले ३३ खेलबाट ५ गोल गरेका हुन्।

जलाटनले फिलिपको नाममा सन्देश भन्दै एक भिडियो बनाएका छन्।

भिडियोमा भनिएको छ,‘के छ फिलिप म जलाटन। २० खेलमा शुन्य गोल यो खत्तम भयो। मैले यस्तो कहिल्यै सुनेको छैन। आऊ गोल कसरी गर्ने म सिकाउँछु। तिमीले नराम्रो महशुस गरिरहेको छौं म बुझ्न सक्छु। सायद तिमीले फुटबल छाड्नु पर्छ? यो सही कार्य हुनसक्छ।’