भारतलाई दक्षिण अफ्रीकाको मध्यम लक्ष्य : जित निकाल्न सहज - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भारतलाई दक्षिण अफ्रीकाको मध्यम लक्ष्य : जित निकाल्न सहज



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले भारतलाई जितका लागि २२८ रनको मध्यम लक्ष्य दिएको छ ।

साउथह्याम्पटनमा  टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ४ विकेट हात पारे । यस्तै जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान २/२ विकेट लिए ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेको छ । भारत जितबाट विश्वकप सुरुवात गर्ने योजनामा छ ।

दक्षिण अफ्रीका भने पहिलो जितको खोजीमा हुनेछ । दक्षिण अफ्रीकाले अघिल्ला दुवै खेल गुमाएको थियो ।