वेस्ट इण्डिजका खेलाडीबारे गम्भीर खुलासा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

वेस्ट इण्डिजका खेलाडीबारे गम्भीर खुलासा



एजेन्सी -अस्ट्रेलियाका पूर्वकप्तान स्टीव वाले जारी विश्वकपमा वेस्टइण्डिजमाथि सर्वाधिक ध्यान दिनुपर्ने बताएका छन्।

स्टीवले आईसिसीको वेबसाइटमा एक लेख लेख्दै सो कुरा बताएका हुन्।

‘वेस्ट इण्डिज म्याच जिताउने खेलाडीहरूले भरिएको छ र थोरैमात्र मौका पाएपनि उ हाबी हुनेछ’, स्टीवले लेखेका छन्।

‘यस प्रतियोगितामा उ एउटा यस्तो टोली हो, जसमाथि धेरै ध्यान दिइनेछ। उसले आफ्नो ब्याटिङले जस्तोसुकै बलिङ आक्रमणलाई पनि ध्वस्त गर्नसक्छ’, आलेखमा लेखिएको छ।

यसैगरी स्टीवले एकै किसिमले क्रिकेट खेल्ने वेस्ट इण्डिजको शैलीले उसलाई समस्यामा पार्नसक्ने खतरा पनि औल्याएका छन्।

‘जब उनीहरूको ब्याटिङ चल्छ तब कुनै पनि मैदान उनीहरूका लागि ठूलो हुँदैन। तर एउटा राम्रो बलिङ भइरहँदा एकैकिसिमको ब्याटिङ गर्नु घातक हुनसक्छ’, उनले लेखमा उल्लेख गरेका छन्।

यसैगरी सो आलेखमा उनले वेस्ट इण्डिजको बलिङको पनि प्रशंसा गरेका छन्।

यस विश्वकपको पहिले खेलमा वेस्ट इण्डिजले पाकिस्तानलाई १०५ रनको कुल स्कोरमा अलआउट गरिदिएको थियो।

‘धेरै लामो समयपछि उनीहरूको बलिङमा गहिराइ देखियो। शुक्रबार उनीहरूले आफ्ना दुई मूख्य बलरहरू- केमार रोच र शेनन ग्याब्रियल बिना पाकिस्तानलाई सस्तैमा समेटिदिए’, उनले लेखेका छन्।

उनले इण्डिजले आफ्नो फिल्डिङलाई सुधार्नुपर्ने बताएका छन्।

‘उनीहरूले ईल्डिङमा काम गर्नुपर्छ। यो यस्तो क्षेत्र हो जहाँ अस्ट्रेलियाले नतिजा बदल्नसक्छ। हरेक टोलीले वेस्ट इण्डिजसँग खेल्नेछन् तर म नकआउटमा उसँग भिड्न चाहँदैनन्।’